राप्ती ६७ औँ शृङ्खलामा छन्द संगम
बैशाख २९ राप्ती / काव्य घर नेपाल
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले नियमित रूपमा संचालन गर्दै आई रहेकाे छन्द संगम कार्यक्रम सम्पन्न गरेकाे छ ।
परिषद् दाङ शाखाकाे अायाेजनामा ६७औँ शृङ्खला अन्तर्गत छन्द संगम कार्यक्रम सम्पन्न भएकाे हाे ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् राप्ती साहित्य परिषद्का निर्वतमान केन्द्रीय अध्यक्ष एवम् वर्तमान केन्द्रीय सल्लाहकार पुरूषाेत्तम खनालकाे प्रमुख आतिथ्यता तथा वरिष्ठ साहित्यकार गणेश विषमकाे विशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएकाे हाे ।
साहित्यकारहरू गणेश विषम, डा कृष्णराज डि.सी., नारायण नेपाल, डा हिमलाल पन्थी, कमलमणि देवकोटा, खगराज न्याैपाने, यम रेग्मी, धनसिङ् गिरी, दामाेदर पाैडेल, हरिप्रसाद पौडेल "स्वर्ण शिखा", वसन्त अनुभव, सुरेशकुमार पाण्डेय, विना राेका, भुपाल रावत, महेशकुमार न्याैपाने लगायतले रचनाहरू वाचन गर्नुभएकाे थियाे ।
उक्त कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासी, जिल्ला शाखा दाङका सल्लाहकार नगेन्द्र गुरू लगायतकाे उपस्थिति रहेकाे थियाे ।
साे छन्द संगम कार्यक्रममा वाचित रचनाहरूकाे समीक्षा वरिष्ठ साहित्यकार नारायण नेपालले गर्नु भएकाे थियाे ।
परिषद् दाङ शाखाका सदस्य विणा राेकाकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमकाे सहजिकरण परिषद् दाङ शाखाका काेषाध्यक्ष यम रेग्मीले गर्नु भएको थियो ।
What's Your Reaction?