ब्रम्हाकुमारी राज योगकोमानव जीवनका लागि सचेतता कार्यक्रम सम्पन्न ।

खुसी जीवनका लागि सकारात्मक सोच’ विषयक प्रशिक्षण शिविरको आयोजना गर्‍यो ।

Sep 10, 2023 - 15:56
Sep 10, 2023 - 16:02
 0  9
ब्रम्हाकुमारी राज योगकोमानव जीवनका लागि  सचेतता कार्यक्रम सम्पन्न ।
तस्वीर-राजकुमार खड्गा

भाद्र २४,काठमाडौं,काव्य घर / ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले दमकमा ‘खुसी जीवनका लागि सकारात्मक सोच’ विषयक प्रशिक्षण शिविरको आयोजना गरेको छ ।

विश्वमा शान्ति, एकता र सद्भावनाको स्थापनाद्धारा स्वर्णिम संसार निर्माण गर्ने उद्देश्यले स्थिापित यो संस्थाले मानवको चरित्रको उत्थान गर्दैै आएको छ । जन – जनमा अध्यात्मिक तथा नैतिक जागृति ल्याउने कार्य भइरहेको छ ।

 

यसै क्रममा प्रमुख अतिथि राम थापा,नगरप्रमुख र अतिथि अर्जुन भाइ चितवनबाट उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उद्घोषक विवेक भाइ दमकले गर्नु भएको थियो । राधा दिज्युको प्रमुख अध्यक्षतामा कार्यक्रम भएको थियो ।

सो कार्यक्रममा प्रशिक्षकहरु बिजय सिग्देल भाइ चितवन र रमण भट्टराई भाइलेखुशि तथा सहज जिवनका लागि सकारात्मक सोच विषयमा आफ्नो भूमिका निर्वाह गरेका थिए ।

 पुरै झापा जिल्लाका विभिन्न स्थानमा प्रशिक्षण दिने कार्य गर्नु जनकारी गराइएको थियो । उक्त कार्यक्रममा सुर्य  गौतम , राजकुमार खड्गा लगायत आयोजक संस्थाका पदाधिकारीका साथै दमक क्षेत्रका महानुभावहरुको बाक्लो उपस्थिती थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि