काव्य घर नेपाल May 17, 2024 0 11
काव्य घर नेपाल May 16, 2024 0 4
काव्य घर नेपाल May 16, 2024 0 3
काव्य घर नेपाल May 8, 2024 0 9
काव्य घर नेपाल May 4, 2024 0 2
काव्य घर नेपाल Apr 27, 2024 0 4
काव्य घर नेपाल Apr 24, 2024 0 27
काव्य घर नेपाल Apr 23, 2024 0 25
काव्य घर नेपाल Apr 14, 2024 0 12
काव्य घर नेपाल Apr 6, 2024 0 7
काव्य घर नेपाल May 20, 2024 0 1
काव्य घर नेपाल Apr 30, 2024 0 13
काव्य घर नेपाल Apr 30, 2024 0 8
काव्य घर नेपाल Apr 29, 2024 0 6
काव्य घर नेपाल Apr 28, 2024 0 3
काव्य घर नेपाल May 12, 2024 0 2
काव्य घर नेपाल May 3, 2024 0 56
काव्य घर नेपाल Jan 23, 2024 0 5
काव्य घर नेपाल Dec 22, 2023 0 5
काव्य घर नेपाल Dec 21, 2023 0 15
काव्य घर नेपाल May 8, 2024 0 1
काव्य घर नेपाल Mar 26, 2024 0 6
काव्य घर नेपाल Mar 6, 2024 0 6
काव्य घर नेपाल Mar 5, 2024 0 0
काव्य घर नेपाल May 17, 2024 0 4
काव्य घर नेपाल May 17, 2024 0 5
काव्य घर नेपाल May 7, 2024 0 5
काव्य घर नेपाल Apr 25, 2024 0 6
काव्य घर नेपाल Apr 23, 2024 0 2
काव्य घर नेपाल Feb 11, 2024 0 2
काव्य घर नेपाल Dec 10, 2023 0 6
काव्य घर नेपाल Oct 22, 2023 0 52
काव्य घर नेपाल Oct 13, 2023 0 21
काव्य घर नेपाल Sep 2, 2023 0 41
काव्य घर नेपाल Feb 9, 2024 0 4
काव्य घर नेपाल Dec 19, 2023 0 3
काव्य घर नेपाल Dec 18, 2023 0 3
काव्य घर नेपाल Oct 13, 2023 0 3
काव्य घर नेपाल Aug 17, 2023 0 5
Join our subscribers list to get the latest news, updates and special offers directly in your inbox
बैशाख १ काठमाडौ ,काव्य घर/ समाजसेवी तथा धार्मि
क अभियन्ता गंगादेवी थपलियाको जीवनी ‘जीवनयात्रा’ लोकार्पण गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच कृतिको लोकार्पण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि राप्रपाका अध्यक्ष तथा पूर्वउपप्रधान मन्त्री तथा सांसद राजेन्द्र लिङदेन, विशेष अतिथि निर्वाचन अयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, पूर्वमन्त्री तथा पूर्वमहान्यायाधिवक्ता अग्नीप्रसाद खरेल, पूर्वसभासद् एवम् नेकपा (माओवादी केन्द्र) जेष्ठ कम्युनिष्ट मञ्चका अध्यक्ष नन्द कुमार प्रसाई, पूर्वराष्ट्रिय पञ्चायत सदस्य दीर्घराज प्रसाई, दमक नगरपालिकाका प्रमुख राम थापा लगायतले सो कृतिको संयुक्त रुपमा लोकार्पण गरे ।
कार्यक्रमको सभापतित्व कृतिकार गंगादेवी थपलियाले गरिन् । पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद राजेन्द्र लिङदेनले गंगादेवी आफू बच्चा बेला हुँदादेखि चिनेको व्यक्तित्व भएको बताए । क्यान्सरजस्तो प्राणघातक रोग जितेर गंगादेवी प्रेरणाकी स्रोत बनेको भन्दै उनले प्रशंसा गरे । राजनीति अहिले विकृतजस्तो भएको उनले बताए ।
राजनीति भनेको ओड्ने, ओछ्याउने, व्यवसायजस्तो, छोराछोरी पाल्ने पेशाजस्तो मानिराखेको बेलामा गंगादेवी प्रेरणाको स्रोत भएको उनले बताए । उनले भने, ‘राजनीति गर्ने मान्छे भन्दा पनि मान्छे डराउने बेलामा गंगादेवी त्यस्तो नाम हो जसले राजनीतिलाई पेशा होइन सेवाजस्तो मान्नु भयो ।’ झोला चुनाव चिह्न लिएर राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचन लडेको पनि आफूलाई सम्झना रहेको उनले बताए । उनले भने, ‘उहाँले झोला चिन्ह लिएर राष्ट्रिय पञ्चायतको सदस्यको उम्मेदवार हुनुभएको, भोट माग्दै हिड्नु भएको आज पनि झलझली सम्झिन्छु ।’ त्यो बेलादेखि आजसम्म पनि यत्तिकै सक्रिय देख्दा अत्यन्तै खुसी लागेको पनि उनले बताए । अर्का वक्ता नन्दकुमार प्रसाईले गंगादेवी हिलोमा फूलेकी कमलको फूल भएको बताए ।
गंगादेवीले राजनीतिलाई कमाउने धन्दा होइन जनसेवामा समर्पित गरेको उनको भनाई छ । गंगादेवी बहुप्रतिभाको धनी भएको भन्दै उनले प्रशंसा गरे । पुस्तककी सम्पादक तारा सुवेदीले पुस्तक लेखन र सम्पादनको जिम्मेवारी पाएकोमा आफू गौरवान्वित भएको बताइन् । गंगादेवीको जिब्रोमा विद्याकी देवी सरस्वती, हातमा धनकी देवी लक्ष्मी र हृदयमा भगवान विष्णुले बास गरेको भनाई छ । यो पुस्तकमा गंगादेवीको जीवनका आरोहअवरोहहरुका बारेमा दर्जनौं वरिष्ठ व्यक्तिहरुका लेख रहेको उनले सुनाइन् । गंगाआमाको विराट व्यक्तित्व रहेको पनि उनले बताइन् । कृतिकी नायिका गंगादेवी थपलियाले पुस्तक पहिले नै निकाल्ने तयारी भए पनि स्वास्थ्यका कारण नसकिएको र अहिले प्रकाशन भएको बताइन् । पचास, साठी जनाले आफ्नो बारेमा लेखेको र तारा सुवेदीले सम्पादन गरेर पुस्तकको रुपमा आज सार्वजनिक गर्न पाएकोमा आफू धन्य भएको उनले बताइन् । क्यान्सरजस्तो प्राणघातक रोगले २३ वर्ष अघि नै सताए पनि आफू निरन्तर सक्रिय रहेकाले जित्न सकेको उनले बताइन् । आफ्ना पति सिताराम थपलियाको साथ, सहयोग र हौसलाले नै आफू समाजसेवामा लागेको पनि उनले सुनाइन् ।
अतिथि र सहभागीहरुलाई स्वागत गर्दै गंगादेवीका छोरा भीष्मराज थपलियाले आमा गंगादेवीभित्र समाज अनि देशका लागि केही गरौं भन्ने हुटहुटी जीवनको उत्तरार्धसम्म पनि कायम रहेको बताए । आमाले सामाजिक, धार्मिक अभियन्ता बनेर देशको सेवा गरिरहेको उनको भनाई छ । पुस्तकको बारेमा बोल्दै साहित्यकार गोपीकृष्ण प्रसाईले पूर्वको ताप्लेजुङमा जन्मिएर झापा हुँदै काठमाडौँसम्म गंगादेवीले सामाजिक, धार्मिक र राजनीतिक व्यक्तित्वको परिचय बनाएको बताए । पुस्तकभित्र गंगादेवीका जीवनगाथा, उतारचढाव, योगदान, सक्रियता, प्रेरणाजस्ता कुराहरु समेटिएको उनले बताए । पुस्तक लोकार्पण, सम्मान, मन्तव्यसहित समापन भएको कार्यक्रमलाई अर्पण सीता अर्चना पौडेलले सञ्चालन गरेकी थिइन् ।
पुस्तकको प्रकाशकको रुपमा गंगादेवीका सन्तानहरु सुशीला थपलिया, भीष्मराज थपलिया, शान्ता थपलिया पौडेल र रमेश थपलियार रहेका छन् । गंगादेवीको जन्म वि.सं. १९९५ साल असार मसान्तमा ताप्लेजुङको फूलबारी आरुबोटेमा भएको हो । गंगादेवी वि.सं. २०१८ सालदेखि नै विभिन्न सामाजिक, धार्मिक कार्यमार्फत असहाय, अनाथ, अपाङ्ग तथा नारी उत्थानका लागि निःस्वार्थ भावले समाजसेवामा सक्रिय रहेकी छिन् । पुस्तकमा ५० जना स्रष्टाहरुले गंगादेवीका बारेमा फरक फरक शीर्षकमा लेख लेखेका छन् । पुस्तकलाई शुभकामना, गंगादेवी थपलियाको जीवनवृत्त, पारिवारिक संस्मरण, लब्धप्रतिष्ठित व्यक्तित्वहरुका संस्मरणहरु, गंगादेवी थपलियाका सिर्जना र परिशिष्ट र छायाचित्र गरी विभिन्न ६ भागमा विभाजन गरिएको छ ।
Like
Dislike
Love
Funny
Angry
Sad
Wow
काव्य घर नेपाल Feb 19, 2024 0 18
काव्य घर नेपाल Aug 8, 2023 0 25
काव्य घर नेपाल Aug 8, 2023 0 82
काव्य घर नेपाल Apr 21, 2024 0 98
काव्य घर नेपाल May 18, 2024 0 73
काव्य घर नेपाल Apr 28, 2024 0 51
काव्य घर नेपाल Apr 24, 2024 0 44
काव्य.घर संवाददाता May 17, 2023 0 15
काव्य.घर संवाददाता May 17, 2023 0 21
काव्य घर नेपाल May 17, 2023 0 53
काव्य घर नेपाल May 16, 2023 0 121
काव्य घर नेपाल May 16, 2023 0 23