आर्थिक लेखक, विश्लेषक तथा पत्रकार रिसव गौतम सम्मानित

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको १२औं अधिवेशनका अवसरमा गौतमलाई ‘युवा पत्रकार’ सम्मान प्रदान गरिएको हो ।

Apr 13, 2024 - 05:40
 0  4
आर्थिक लेखक, विश्लेषक तथा पत्रकार रिसव गौतम सम्मानित

बैशाख १ काठमाडौं ,काव्य घर /आर्थिक लेखक, विश्लेषक तथा पत्रकार रिसव गौतम सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको १२औं अधिवेशनका अवसरमा गौतमलाई ‘युवा पत्रकार’ सम्मान प्रदान गरिएको हो ।

नेपाल सरकारका सुचना तथा सञ्चारमन्त्रीको उपस्थीतिमा पत्रकार महासंघ केन्द्रिय अध्यक्ष विपुल पोखरेल, काठमाण्डौ शाखा अध्यक्ष सुर्य सुवेदी लगायतले गौतमलाई सम्मान गरेका हुन् । ‘नेपाली पत्रकारिता क्षेत्रमार्फत अनवरत योगदान गर्दै आएको’ भन्दै महासंघ काठमाडौं शाखाले गौतमलाई उक्त सम्मान गरेको हो ।

लामो समयदेखि आर्थिक मुद्धामा कलम चलाउँदै आएका गौतम विजनेसपाटी डटकमका सम्पादक हुन् । उनका विभिन्न राष्ट्रिय दैनिक तथा अनलाईनहरुमा आर्थिक विषयवस्तुहरुमा विश्लेषणात्मक लेख रचनाहरु प्रकासित हुदै आएका छन् । व्यवस्थापनमा स्नाकोत्तर गरेका गौतमका ‘नेपाली अर्थतन्त्रको सम्भावना’, ‘व्यवस्थापनका सिद्धान्तहरु’ र ‘बैक वित्त क्षेत्र र अर्थतन्त्र’ नामक ३ वटा पुस्तक प्रकाशित छन् । गौतमले यसअघि पुर्वराष्ट्रपती विद्यादेबी भण्डारीको हातबाट प्रेश काउन्सीलद्धारा प्रदान गरिएको ‘शसक्त लेखन पत्रकारिता’ पुरस्कार प्राप्त गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि