होलिको अवसरमा जीवन बिज्ञानकाे शुभकामना आदान प्रदान
जीवन बिज्ञान दमकले फागु पूर्णिमा तथा हाेली पर्वकाे अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
जीवन बिज्ञान दमकका कल्याण मित्रहरु सहभागी भएकाे उक्त कार्यक्रममा प्रशिक्षकहरु श्रीप्रसाद राई र जानुका साङ्पाङ राईले जीवन बिज्ञानकाे महत्वमाथि प्रकाश पारेका थिए । समाजका ज्येष्ठ सामाजिक व्यक्तित्ब तारानिधि मिश्रकाे प्रमुख आतिथ्यतामा भएकाे उक्त कार्यक्रममा गाैतम बुद्धकाे जन्मस्थान लुम्बिनीमा यही चैत्र १७ गते देखि हुन गईरहेकाे "लुम्बिनीमा ध्यान बिराट चक्र बिज्ञान" कार्यक्रममा सहभागी हुन जाने कल्याण मित्रहरु लाल बहादुर सापकाेटा, श्रीप्रसाद राई,जानुका साङ्पाङ राई,सरस्वती राई र शर्मिला राई लाई अबिर टीका र खादा लगाएर सम्मान गरिएकाे थियाे ।
What's Your Reaction?