२०८१ सालका लागि सार्वजनिक बिदाको सूची सार्वजनिक
गृहमन्त्रालयले वर्षभरि ५३ वटा शनिबारबाहेक ३५ दिन सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको हो। जसमा २७ दिन पर्व बिदा,६ वटा दिवस र २ वटा जन्मजयन्ती बिदा रहेका छन्।
फागुन २ काठमाडौ ,काव्य घर/सरकारले २०८१ सालका लागि सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ।
२०८१ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि दिइएको सार्वजनिक बिदाको विवरण राजपत्रमा प्रकाशित भएपछि गृहमन्त्रालयले सूचना जारी गर्दै बिदाबारे जानकारी गराएको हो।
जसअनुसार २०८१ साल मुलुकभर दिइने सार्वजनिक बिदामा नयाँ वर्ष,रामनवमी,उभौली पर्व,रक्षाबन्धन,श्रीकृष्ण जन्माष्टमी,दशैं,तिहार,छठ,क्रिममस डे,धान्य पूर्णिमा,तमु ल्होसार, माघी पर्व,सोनम ल्होसार,महाशिवरात्री,ग्याल्मो ल्होसार र इदमा मुलुकभरी सार्वजनिक बिदा हुने उल्लेख छ।
Files
What's Your Reaction?