अनेसास नवरत्न पुरष्कार सम्पन्न  

Jan 29, 2024 - 17:37
Jan 29, 2024 - 18:41
 0  15
अनेसास नवरत्न पुरष्कार सम्पन्न  

माघ १५, कोलोराडो, काव्य घर । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रले हरेक दुई ÷दुई बर्षमा कुनै पनि देश क्षेत्रमा रहेर विभिन्न विधामा समर्पित भएर कार्य गरि रहेका नारीहरुलाई अनेसास नवरत्न पुरष्कारले सम्मान गर्ने गरेको छ।यो बर्ष २०२३ को अनेसास  नवरत्न पुरष्कार पनि जनवरी २७ को बिहान जुम मार्फत अनेसासले विभिन्न क्षेत्रका महिलाहरुलाई प्रदान गरि सकेको छ। नगद ४२५० ०० सहित सम्मान पत्रले विभूषित हुने नारीहरुमा कोलोराडोबाट अनेसास कोलोराडो च्याप्टरकी भूतपूर्व अध्यक्ष कलमकर्मी आचार्य प्रभा,बोष्टनकी गीत सर्जक अनु शाह,क्यालीफोर्नियाकी कलमकर्मी रीता देवी प्रधान,न्युयोर्ककी ज्योति राई,न्युजर्सीकी शान्ता अधिकारी,बेलायतबाट माया गुरुङ्ग,युरोपबाट डा संगीता स्वेच्छा,समाज सेवातर्फबाट डिसीबाट मन्जु कार्की संग्रौला र काठमाण्डौ महानगर पालीकाकी उप मेयर सुनिता डंगोल पुरष्कृत भएका छन्। अनेसास बिशुद्ध साहित्यिक संस्था भए पनि हरेक क्षेत्रमा समर्पित महिलाहरुको कदर गर्दै साहित्य बाहेक अन्य क्षेत्रमा काम गरी रहेका महिलाहरुलाई थप उर्जा प्रदान गर्न अनेसास नवरत पुरष्कार प्रदान गर्ने अनेसासले निर्णय गरेको हो। भूतपूर्व केन्द्रीय अध्यक्ष गीता खत्रीद्वारा निर्णय गरिएको यो पुरष्कारले निक्कै नारीहरुले पुरष्कृत हुने मौका पाएका छन्। 


यसपटकको नवरत्न पुरष्कार कार्यक्रम विभिन्न साहित्यिक व्यक्तित्वको उपस्थितिमा जुम मार्फत सम्पन्न गरिएको थियो भने पुरष्कार छनौट समितीकी संयोजक केन्द्रकी सदस्य तारा अधिकारी,केन्द्रकी महा सचिव,बिमला निरौला ,अनेसास केन्द्रीय कार्य समिति अध्यक्ष गोवर्द्धन पूजा र अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष पदम बिश्वकारले उक्त सम्मान पत्रमा हस्ताक्षर गरेका थिए। कार्यक्रमको संचालन बिमला निरौलाले गर्नु भएको थियो भने कार्यक्रम विभिन्न साहित्यिक क्षेत्रका व्यक्तित्वहरुले आ(आफ्ना मन्तव्य दिएका थिए। उक्त कार्यक्रममा स्व नन्दा देवी सुवेदीको स्मरण गर्दै मौन धारण पनि गरिएको थियो। 
कार्यक्रममा जूम मार्फत उपस्थित पुरष्कृत नारीहरुले अनेसास नवरत्न पुरष्कारले आफूहरुलाई आ(आफ्नो क्षेत्रमा अझ निरन्तर काम गर्न थप उर्जा दिएको बताएका थिए भने साहित्यकार आचार्य प्रभाले भने आफूले पुरष्कार स्वरूप प्राप्त गरेको ४२५० ०० मृगौला पिडीत हरि मानन्धर जो अनेसासकै एक हिस्सा बनेर काम गरी सकेका लेखक तथा मिडियाकर्मी  नेपाल ,अर्की साहित्यमा समर्पित कल्पना अधिकारी जो क्यान्सर रोगले ग्रषित नेपाल 


अर्का नव लेखक बिनोद श्रेष्ठ जो आफ्नो आधा शरीर अपाङ्ग भएकोको कारणले आफूले चाहेजस्तो साहित्य सेवा गर्न नसकेको र कार्यक्रमहरुमा उपस्थित हुन नसकेकोले व्हिल चियर खरिद गर्न सबैसँग सहयोगको अपिल गरि रहेकोले उनीहरुलाई आफूले पाएको नगदबाट जति हुन्छ सहयोग गर्ने ईच्छा जाहेर गर्दै उक्त (नगद दाताहरु) प्रायोजक बनेका महानुभावहरुप्रती आभार ब्यक्त गर्दै आफूलाई पनि दात्री बन्ने अवसर दिएकोमा पुरष्कृत भएको जति नै थप मन प्रफुल्ल भएको बताईन्। कार्यक्रमको अन्त्यमा सौहाद्रपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि