एन आर एन मा उम्मेदवारी बनिन

Jul 16, 2023 - 12:09
 0  7
एन आर एन मा उम्मेदवारी बनिन

असार ३० काठमाडौ ,काव्य घर नेपाल/ गैर आवसीय नेपाली संघ अष्ट्रियाको चुनावी मैदानमा स्याण्डी स्याण्डी रेनर अर्थात सन्तोषी भण्डारी युरेपेली मुलुक अष्ट्रियावासी नेपालीहरुको लागि परिचित नाम हो । लामो समयदेखि विदेशमा वसोवास गर्दै आएकी सन्तोषी समाजसेवी तथा कलाकार हुन । अष्ट्रियन नागरिक एन्ड्रिज रेनरसंग विवाह बन्धनमा बाँधिएर उतै रजम गरेकी स्याण्डी को गृह जिल्ला भने नेपालको धादिङ हो ।

विदेशी नागरिक भएपनि नेपाली भाषा, कला र साहित्यमा सधैं उनी सक्रिय छिन । अन्र्तराष्ट्रिय कलाकार मंच (ईनास) की अष्ट्रियाकी अध्यक्ष हुन स्याण्डी । ईनास पूर्व उनी नेसास मार्फत सक्रिय थिइन । युरेपेली मुलुक अष्ट्रियामा थोरै संख्यामा नेपाली वसोवास गरेता पनि उनी नव पिडीलाई नेपाली संस्कृति र संस्कार सिकाउन लागि परेकी छिन । नेपालीहरुले मान्दै आएका चाडपर्वहरु जस्तै होली, तीज, ल्होसार, दशैं र तिहार जस्ता पर्वहरुमा केहि न केहि कार्यक्रम आयोजना गरि त्यहाँ बस्ने नेपालीहरुलाई एकतावद्ध गर्न क्रियाशिल रहँदै आएकी छिन ।

 उनले नेपाली भेषभुषा, भाषाको सम्र्वद्धनमा आफूलाई सधैं अग्रपंक्तिमा उभ्याउँदै आएकी छिन । नेपाली हितका लागि विभिन्न समाजसेवा गर्दै आएकी सन्तोषीले यहि जुलाई २२ मा गैर आवसीय नेपाली संघ अष्ट्रिया शाखामा हुने निर्वाचनका लागिे महिला तर्फको उपाध्यक्ष पदमा उमेदवारी दिएकी छिन । संस्थागत रुपान्तरण, सामाजिक एकता सबैको एनआरएन हाम्रो प्रतिवद्धता भन्ने मूल नाराका साथ चुनावी मैदानमा उत्रिएकी स्याण्डी अत्याधिक मत ल्याएर विजयी हुनेमा आशावादी छिन ।

यतिका बर्ष नेपालीहरुको हितमा काम गरियो अब थप जिम्मेवारी लिएर सामाजिक एकताको लागि चुनावी मैदानमा उत्रिएको उनको भनाई छ । अहिले सम्म उनले गरेको कामले सवैको मन जितेको र यसैलाई आधार मानेर आफनो जित सुनिश्चित हुनेमा उनी ढुक्क छिन । आशा छ उनको जितले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रर्वद्धन हुनेछ जितको शुभकामना ।।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि