भारतमा  ३० जना सांसद निलम्बन

Dec 18, 2023 - 11:18
Dec 18, 2023 - 12:11
 0  7
भारतमा  ३० जना सांसद निलम्बन


पौष २, काठमाडौं, काव्य घर । भारतमा कांग्रेस आईका नेता अधीर रञ्जन चौधरी समेत ३० जना सांसद निलम्बनमा परेका छन् ।

हिउँदे अधिवेशनका बाँकी बैठकमा उपस्थित हुन नपाउने गरी उनीहरू निलम्बनमा परेका भारतीय समाचार संस्था पीटीआईले जनाएको छ ।


यसअघि लोकसभाबाट १३ सांसद निलम्बनमा परेका थिए ।

डिसेम्बर १३ तारिखका दिन लोकसभामा भएको सुरक्षा चुकको मामिला उठाउँदै आज सोमबार विपक्षीहरुले लोकसभामा विरोध जनाएका थिए ।

दर्शकका रुपमा प्रवेश गरेका व्यक्तिले बैठकस्थलमा कुदेर धुँवा फैलाएको बारेमा उनीहरुले गृहमन्त्रीसँग जवाफ मागेका थिए । विपक्षी सांसदले लगातार विरोध जनाएपछि बैठक पनि स्थगित भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि