एनसेल खरिद विक्रीप्रकरणमा गठित समितिले ठीक ढंगले प्रतिवेदनतयार नगरेको अर्थविद् न्यौपानेको दाबी

Feb 1, 2024 - 20:24
 0  3
एनसेल खरिद विक्रीप्रकरणमा गठित समितिले ठीक ढंगले प्रतिवेदनतयार नगरेको अर्थविद् न्यौपानेको दाबी


माघ १८, काठमाडौं,काव्य घर । एनसेलको शेयर खरिद विक्री प्रकरणको छानविन गर्न गठित समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष प्रतिवेदन बुझाइसकेको छ । उक्त समितिको संयोजक रहेका पूर्व महालेखा परीक्षक टंकमणि शर्मा, सदस्यहरु फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेशकुमार शाक्य र सुजनकुमार काफ्लेले करिब दुई महिना लगाएर एनसेल खरिद–विक्र ीप्रकरणको छानविन र प्रतिवेदन तयार गरेका थिए । 
साथै, ट्रान्सपरेन्सी इन्टरनेश्नलले विश्वका १८० देशका गरेको सर्वेक्षणमा नेपाल भ्रष्टाचार हुने देशको ११७ औं स्थानमा परेको छ । नेपालले यस वर्ष सय अंकम ३३ अंक प्राप्त गरेको छ । ५० भन्दाकमअंकप्राप्तगर्नुले भ्रष्टाचार व्याप्त रहेको कुरालाई संकेत गर्छ  । 
यसै सन्दर्भमा आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले एनसेल शेयर खरिद विक्री प्रकरणको छानविन प्रतिवेदन र यथार्थताबारे जानकारीकालागि विज्ञहरुसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा अर्थविद् डा.गोपीलाल न्यौपानेले एनसेल शेयर खरिद–विक्रीप्रकरणमा टंक शर्मा नेतृत्वको समितिले तयार गरेको प्रतिवेदन ठीक ढंगले नआएको दाबी गरे । उनले नेपालमा विदेशी लगानीलाई निरुत्साहित गर्नेगरी प्रतिवेदन तयार भएको आरोप लगाए । नेपाललाई रोजगारी चाहिएको र उद्योग, कलकारखाना खोल्न आवश्यक रहेको बताउँदै उनले भएका उद्योगलाई सरकारले दपेटेपछि लगानी नभित्रिने बताए । अर्थविद् न्यौपानेले विदेशी लगानी र सम्पत्तिको सुरक्षा सरकारले गर्नु पर्ने बताए । 
साथै, नेपालको कर बढी भएकाले नैतिकवानमानिसहरु व्यवसायमा टिक्न नसकेको उनको दाबी छ । उनले सरकारलाई ट्याक्स कमगर्न सुझावदिए । त्यसैगरी नेपालमा भ्रष्टाचार नियन्त्रण हुननसक्नुको मूलकारण संविधानभएको उनको दाबी छ । संविधानमाठूलो बजेट खर्च गर्ने आयोग, मन्त्रिपरिषद्को निर्णय, राष्ट्रपति कार्यालय, सेनालगायतका सरकारी संस्थाहरुमाअख्तियार पस्न नपाउने व्यवस्था गरिएको भन्दै उनले आपत्ति जनाए । 
‘भ्रष्टाचारको विषयमा नेपालको संविधान मै भ्रष्टाचारलाई व्यवस्थित गरिएको छ । नेपालको संविधानमा संवैधानिक आयोगका रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यवस्था गरिएको छ । अख्तियार निश्चित् ठाउँमा प्रवेश गर्न पाउँदैन । राष्ट्रपति कार्यालय, सेना, अदालतमा प्रवेश गर्न पाउँदैन । जहाँ देशको असाध्यै धेरै धन राशी खर्च हुन्छ त्यहा ँअख्तियार पस्न पाउँदैन,’– उनले भने । 
नेपालको अदालत भ्रष्टाचारमा चुर्लुम्म डुबेको उनको आरोप छ । भ्रष्टाचार नियन्त्रण गर्न जराबाटै समाधान खोज्नुपर्ने उनको सुझाव छ । समस्या संविधानमै रहेको भन्दै उनले संविधान संशोधन गरेर सरकारका सबै निकायहरुमा अख्तियारले आवश्यकत्तानुसार छानविन गर्न पाउने व्यवस्थागरिनुपर्ने बताए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि