कवि रेखबहादुर थापाको योगदान’ विषयक विचार गोष्ठी सम्पन्न ।

Sep 22, 2023 - 02:43
 0  6
कवि रेखबहादुर थापाको योगदान’ विषयक विचार गोष्ठी सम्पन्न ।

असोज ५ काठमाडौं , काव्य घर /नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानसँगको सहकार्यमा मगर आदिकवि द्वय जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापा मगरको जन्मजयन्ती मनायो ।

कार्यक्रमका प्रमुख अतिथि,प्रतिनिधि सभाका सम्माननीय उपसभामुख इन्दिरा राना मगरले प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभा कक्षमा पानसमा दीप प्रज्वलन गरी आदिकवि द्वय ‘जीतबहादुर सिञ्जाली मगर’ र ‘रेखबहादुर थापा मगर’को तस्बिरमा माल्यार्पण गरेर कार्यक्रमको समुद्घाटन गर्नुभयो । यस कार्यक्रममा 'मगर आदिकवि रेखबहादुर थापाको योगदान’ विषयक गोष्ठी-पत्र पूर्णबहादुर रानाले प्रस्तुत गर्नुभयो । यसअवसरमा उपसभामुख मगरले मातृभाषा र सिर्जनामा इतिहास र सभ्यता लुकेको हुन्छ ।

संविधानले पनि जातजाति र भाषाभाषीलाई समावेशी अधिकार प्रदान गरेको छ।यसलाई उपयोग गर्दै प्रज्ञा-प्रतिष्ठानले थालनी गरेको मातृभाषा साहित्यको बहस अन्तर्गत मगरभाषा साहित्यका आदिकविको योगदानबारे चर्चा हुनु राज्यका प्राज्ञिक अङ्गको उपस्थिति हुनु हो ।यसबाट आफू आशावादी रहेको बताउनुभयो । प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले बहुभाषी देशमा सबै भाषा समान हुन ।कुनै पनि भाषा सानो र ठुलो हुँदैन भन्दै द्वय मगर आदिकवि जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापाको बारेमा थप खोजअनुसन्धान हुनुपर्ने बताउनुभयो ।

 प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा) ले नेपालका प्रत्येक मातृभाषामा आदिकवि छन् ।तिनीहरूको योगदानलाई राष्ट्र र समाजसामू ल्याउनुपर्ने बताउनुभयो । 

 विचार-गोष्ठीका सभाध्यक्ष , प्रज्ञा-प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले मगर आदिकवि द्वय जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापाको ऐतिहासिक योगदानबारे थप खोजी गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभयो । प्रस्तुत गोष्ठी-पत्रमाथि मनबहादुर थापा मगरले टिप्पणी गर्नुभयो । विचार-गोष्ठीको औचित्यमाथि जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगरले प्रकाश पार्दै स्वागत मनतव्य राख्नुभयो । कार्यक्रमको उद्घोषण श्याम राना मगरले गर्नुभयो ।•

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि