टोपबहादुर रायमाझी बाबुछोरा माथि प्रकाउ पुर्जी जारी

May 17, 2023 - 12:39
 0  4

बैशाख / काव्य घर

पुर्व माओवादी तथा एमाले सचिव टोपबहादुर रायमाझी बाबुछोरा माथि प्रकाउ पुर्जी जारि ।

तत्कालीन ऊर्जामन्त्री तथा नेकपा माओवादी नेता बर्तमान एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझी विरुद्ध काठमाडौ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
२०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि मन्त्रिपरिषद् पुनर्गठन गर्दा रायमाझी ऊर्जामन्त्री बनेका थिए । माओवादी पार्टी परित्याग गरि एमाले प्रवेश गरेका अर्घाखाँचीका पुर्व माओवादी नेता हुन ।
नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरू विरुद्ध पक्राउ पुर्जी लिएको हो ।आजै पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयान पछि अनुसन्धानका क्रममा रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग २० लाख देखि ५० लाखसम्म उठाएको र यस्ता गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको हो। तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत रहेको खुलेको छ ।

पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, उनका छोरा निरज, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ सक्रिय रहेको कागजातबाट पुष्टि भएको छ ।
सुजाता कोइरालाका सहयोगी रहेका केशव दुलालसँग कोइराला निवास आवतजावतको क्रममा चिनजान भएपछि निकटको सम्पर्क र भेटघाट हुन थालेको हो । यही क्रममा उहाँहरूलाई सहयोग गरेको हुँ रायमाझीले बताएका हुन ।’गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow