कृतिको माथिको समिक्षा

May 17, 2023 - 12:39
 0  6


कमल सापकोटा
नाम्ची सिक्किम भारत
दिनांक: २७/०४/२०२३

समीक्षात्मक पुस्तक “ कृति स्वीकृति”यो संकलनलाई केवल संकलनको रुपमा मात्र नलिएर विभिन्न साहित्यकारहरुका छोटो मीठो परिचयात्मक सन्दर्भ ग्रन्थको रुपमा पनि लिन सकिने छ।

उक्त पुस्तक “कृति स्वीकृति” प्राप्त गर्नेसाथै मैले आफ्नै नाम भएको पृष्ठ संख्या ३४ पल्टाएर हेरें अनि पढेर सिध्याएँ | मलाई धेरै खुशी लाग्यो जुन मैले अपेक्षा राखेको थिइन | सही मूल्यांकन गरिदिनुभएकोमा धेरै धेरै आभार ब्याक्त गर्दछु | यथार्थका प्रतिविम्बबाट जतिपनि उदधृत गरिएका अंशहरु छन तिनीहरु सबैको समिक्षा मैले भन्न चाहेका कुरादेखि बाहिर गएका छैनन् | प्रत्येक टिप्पणी चित्त बुझ्ने किसिमका छन् | साथ् साथै मुक्तक संग्रहको बारेमा लेखिदिएर उर्जा थपिदिने डा० दशरथ खरेल सरलाई पनि भुल्नु भएनछ | अझै खुशी लाग्यो | अर्को कुरा आध्यात्मिक सामान्य ज्ञान ज्ञान-गुन्जनको अर्को संस्करण भए राम्रो हुनेथियो भन्ने यहाले दिनुभएको सुझाव अरु धेरै जनाको सुझाव सित मिल्न गएको छ | धन्यबाद |
त्यस बाहेक पनि आज पढेकोमा हरि ढुंगेलकृत गीत संग्रह थियो; मानिससित परिचय हुँदा हुँदै पनि उहाँको साहित्यिक क्षेत्रमा म अनभिज्ञ नै थिएँ | उक्त संग्रहमा भएका गीतहरु कर्णप्रिय र मीठा छन् समाज प्रति केहि न केहि सन्देस बोकेका रहेछन भन्ने कुरा तपाईंको समिक्षाबाट मात्र थाहा पाएँ |
त्यसरी नै गीताश्री शर्माको मुक्ता पढेर उहालाई अझ नजिकबाट चिन्ने अवशर पाएँ | काठमाण्डौ नेपालबाट पनि ‘ सिक्किमे माटोमा फुलेको यौटा मुक्तकिलो थुंगा हो ’ भनेर मुक्तक प्रतिष्ठानका महासचिव श्री रमेश पौडेल सरले पनि भनिसक्नु भएको रहेछ | त्यो हामी सबैलाई थाहा नहोला | समीक्षामा भएका मीठा मीठा मुक्तक पढ्न अवशर मिल्यो |
त्यसपछि ललित लोहारको मनभित्रको आकाश गीत संग्रह रहेको र नेपाली साहित्य परिषडका अध्यक्ष आदरणीय श्री रुद्र पौडयाल सरको शुभेक्षाले गीतकारलाई उर्जा थपिएको पनि थाहा पाएँ |
त्यसरी नै के बी नेपाली गीत संग्रह अनुरागको बारेमा पनि धेरैवटा तथ्यहरु बुझ्ने अवशर मिल्यो | आसामबाट साहित्यलाई उच्च स्थानमा पुर्याउने बरिष्ठ साहित्यकार रहेछन | नाम मात्र सुनेपनि समीक्षाले मात्र मैले केहि बुज्ने मौका पाएँ |
त्यसरी नै साहित्य र सामाजिक क्षेत्रमा निरन्तर लागिरहने सिक्किमकी एउटी नारी हस्ताक्षर राधा पाण्डेका ‘स्पन्दन अतित भित्र समीक्षाले अझ राम्रो गरी चिनायो | उहालाई सिक्किमे कलाकारका अध्यक्ष कला पारखी चुनिलाल घिमिरे ज्युले , धेरै उच्ज्च स्थानमा राखेको कुरा पनि समीक्षात्मक संकलनले अझ राम्रो गरी चिनायो |
त्यसरी नै रेवतीरमण तिम्सिना साहित्य समाजमा ठोस काम गर्ने एक सफल र वरिष्ठ साहित्यकार रहेछन भन्ने कुरा पनि यहि तपाइको समीक्षात्मक लेख बाट थाहा लाग्यो

त्यसरी नै अर्को कुरा थाहा पाएँ; सर्वप्रथम जापानमा हाइकु किन लेखिएको थियो भन्ने कुरा साथ् साथै ‘पासाका हाइकु उत्क्रोस स्वरहरु’ बारेको समिक्षा पढें | छोटोमा धेरै कुरा अटाउने विधा लाग्यो |
त्यसपछि नारी हस्ताक्षर ‘नीलीमा आचार्यकृत ‘परिवर्तन र अन्य कविता पढेपछि” को समिक्षा पदेपछि हामी पुरुषहरुले नारीहरुको विवशतालाई नबुझेको कुरालाई राम्ररी समीक्षात्मक विश्लेषण गरे जस्तै लाग्यो |
कोमल प्रसाद पोखरेलको ‘धर्मा शोक महाकाव्य’को समीक्षात्मक झल्कोले मात्र पनि पाठकको मन पगाल्छ भने साँच्चैको मूल कथा कस्तो होला भन्ने कुरा पाठकलाई अड्कल गर्न गाह्रो पर्दैन राम्रो सन्दर्भहरु दिएर यहाँले बुझाउन सफल हुनुभएको छ |
दलामान पीरको लघुकथा “एक दृष्टिको” समीक्षामा इर्श्या र डाहाले ग्रसित समाज मानवका खोल ओडेका दानव हुन् इनिहरुबाट डराउनु पर्छ भनेर सार दिनु भएको छ | साह्रै घतमा गयो |

विष्णु केसी कृत् : आकृति’ मा गरिएको समिक्षा विशेष गरी खसीको बिलौना र उसको ब्याथाको समिक्षा साँच्चै मानवका खोल ओडेका दानवको निम्ति व्यंग्य मात्र होइन यथार्थ हो जस्तै लाग्यो |

गंगा ओडारीकृत ‘दुखका आँशु छड्के नजर’ को समिक्षा पनि पढे | समिक्षा अनुरुप भनौ भने लेखकले आफ्नो धेरै पिर मार्काहरु समेट्न सफल भएको थाहा लाग्यो | पढन पाए हुन्थ्यो झैं लाग्यो |
‘राहुल राई बोगिको’ आफ्नो भनाईमा ‘आफुले सृजना गरेका कविताहरु आफैले जन्माएको छोरा छोरी जस्तै लाग्नु स्वाभाविक हो’ भन्ने कुरा सारको रुपमा समीक्षात्मक लेखमा लेखेर सबै सर्जकलाई झक्झक्याएको धेरै मन पर्यो |
‘टीकाराम थापा र उनको इन्द्रदुत’ भन्ने शिर्षकमा गरिएको समिक्षामा तपाइंले लेख्नुभएको “प्रेरनामय शब्दहरुले लेखकलाई अवश्य उर्जा दिन्छ भनेको साह्रै मन पर्यो |

समीक्षात्मक मूल्यांकन गर्ने क्रममा यहाँको कलमले मोहन प्रसाद गौतमको ‘समर्पण’ शीर्षकमा कविले जीवनको रेखा कसरी कोर्नु भन्ने संदेश र मूल मन्त्र दिनुभएको छ भन्न भूल्नु भएको छैन |

‘समयको हुरी’ : कविता संकलनमा पसेर हेर्दा बाबुराम श्रेष्ठ खेवाङ अर्थात समयको हुरी खप्दै आउने बर्षा प्रति डा० गोविन्दराज भट्टराईका अमृतमय प्रेरणाका शब्दहरुले बर्षाको प्रतिभालाई उच्च स्थानमा पुर्याएको कुरा समिक्षाबाट थाहा लाग्यो |

त्रिफला अन्तराष्ट्रिय पुस्तकालयका अध्यक्ष श्री प्रेम प्रसाद फलाहारीका साहित्यिक देन सम्बन्धमा ‘ज्ञान मार्गका मार्ग दर्शनहरू शीर्षकमा समिक्षा गर्दै यहाले दिनुभएको एक दुई कथाहरु साह्रै राम्रो लाग्यो |

साहित्यका विभिन्न विधामा कलम चलाएर चौबिस वटा समीक्षात्मक पुस्तकहरु तयार पार्नु सानो कुरा होइन | यसमा ब्यक्ति विशेषले मात्र नभएर नेपाली साहित्यको इतिहासले वरिष्ठ साहित्यकार टीका ढुंगेल ‘रटन’लाई कदापि भुल्ने छैन | यस्तो महत्वपूर्ण साहित्यिक योगदानको निम्ति यहाँलाई धेरै धेरै बधाई अनि निरन्तरताका निम्ति हार्दिक शुभकामान !!!

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow