नेप्से परिसूचक साढे ७ प्रतिशतले बढ्यो करोबारमा उत्साह 

गत साता नेप्सेमा ७ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको थियो । यसबाट लामो समयदेखि न्यून कारोबार भइरहेको नेप्सेमा रौनक फर्किएको देखिन्छ । यस्तै, यो साता नेप्सेको बजार पूँजीकरणमा समेत ७ प्रतिशतकै वृद्धि आएको छ । यससँगै, नेप्सेको बजार पूँजीकरण ३० खर्ब ७६ अर्ब पुगेको छ ।

Dec 16, 2023 - 11:59
 0  6
 नेप्से परिसूचक साढे ७ प्रतिशतले बढ्यो करोबारमा उत्साह 

मंसिर ३०,काठमाडौं,काव्य घर। यो साता नेप्सेमा उत्साह– परिसूचक साढे ७ प्रतिशतले बढ्यो, १६ अर्बको कारोबारभएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) परिसूचक १४१.८३ अंक बढेर बन्द भएको छ । साताको ५ दिन कारोबार भएको नेप्से परिसूचक ४ दिन उकालो लागेपछि बढेर बन्द भएको हो । नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन १८५२ अंकमा बन्द भएको थियो ।


जुन, यो साता साढे ७ प्रतिशतले बढेसँगै १९९४.६० अंकमा पुगेर रोकिएको हो । यो साताको पहिलो कारोबार दिन आइतबार बजार १११ अंकले बढेको थियो । उक्त दिन बजार ६ प्रतिशतले बढेसँगै कारोबार नै रोकिएको थियो । सोमबार १५ अंकको करेक्सन आएपनि त्यसयता भने निरन्तर बढ्यो । मंगलबार परिसूचक ३६.८६ अंकले बढ्दा २.६० अंकले बढेको थियो । यस्तै, विहीबार ६.५५ अंकले परिसूचक बढ्यो । नेपाल राष्ट्र बैंकले गत साताको शुक्रबार मौद्रिक नीति समिक्षा गरेको थियो । जसमार्फत बैंक ब्याजदर घटेको थियो ।

यस्तै, केन्द्रीय बैंकले अर्थतन्त्र चलायमान बनाउन लचिलो नीति लिएको थियो । जसको परिणाम बजारमा देखिएको हो । परिसूचकमा साढे ७ प्रतिशतको वृद्धि आएको साता कारोबार रकममा समेत उत्साहजनक वृद्धि आएको छ । यो साता नेप्सेमा १६ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ । जुन, गत साताको तुलनामा ९ अर्ब ५ करोडले बढी हो ।


गत साता नेप्सेमा ७ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको थियो । यसबाट लामो समयदेखि न्यून कारोबार भइरहेको नेप्सेमा रौनक फर्किएको देखिन्छ । यस्तै, यो साता नेप्सेको बजार पूँजीकरणमा समेत ७ प्रतिशतकै वृद्धि आएको छ । यससँगै, नेप्सेको बजार पूँजीकरण ३० खर्ब ७६ अर्ब पुगेको छ ।
यो अघिल्लो साताको अन्तिम कारोबार दिन २८ खर्ब ६२ अर्ब रुपैयाँ कायम थियो ।
 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि