१५८ औं मोती जयन्तीको अवसरमा देवरात महाकाव्य बिमोचन कार्यक्रम सम्पन्न

१५८ औँ मोती जयन्तीको अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य शशिराम कार्कीद्वारा लिखित महाकाव्य 'देवरात'को विमोचन तथा विमर्श कार्यक्रम सम्पन्न

Sep 17, 2023 - 03:58
Sep 17, 2023 - 04:00
 0  8
१५८ औं मोती जयन्तीको अवसरमा देवरात महाकाव्य  बिमोचन कार्यक्रम सम्पन्न

भदौ ३१ काठमाडौ , काव्य घर / प्राज्ञ शशीराम कार्कीक‍ो 'देवरात' महाकाव्यको विमोचन तथा विमर्श कार्यक्रम १५८ औँ मोती जयन्तीको अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानको सभाहलमा शनिबार सम्पन्न भयो । 

 कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्राविधिक विश्व विद्यालय सेवा आयोगका सदस्य डा. कृष्ण प्रसाद घिमिरेले देवरात महाकाव्यको विमोचन गर्दै देवरात महाकाव्यले साहित्यिक क्षेत्रमा नेपालगन्जको इज्जत बढेको बताए । कार्यक्रमका विशिष्ट अतिथि कर्णाली प्रदेश योजना आयोगका सदस्य जीतबहादुर शाहले प्राज्ञ शशिराम कार्कीले पछिल्लो समयमा नेपाली साहित्यमा पुराएको योगदान महत्त्वपूर्ण रहेको बताए ।

 

प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य महानन्द ढकालले शशिराम कार्कीले छोटो समयमा नेपाली साहित्यमा कथा, कविता, उपन्यास हुँदै महाकाव्य प्रकाशन गरेर नेपाली भाषा साहित्यलाई पुर्‍याएको योगदानको प्रशंसा गर्नु भयो । देवरातका समीक्षकद्वय डा. इन्द्रबहादुर भण्डारी र विरेन्द्र शाहीले कवि कार्कीले महाकाव्य मार्फत उठाएका विषयवस्तुहरू महत्त्वपूर्ण रहेको बताउँदै महाकाव्य रहर र लहडले लेखिने कुरा नभएको र देवरात महाकाव्यमा केही कमिकमजोरी रहेपनि कार्कीले लेख्नकै लागि मात्रै महाकाव्य नलेखेको विचार राखे ।

प्राज्ञ हरिप्रसाद तिमिल्सिनाद्वारा मोतीराम भट्टको साहित्यिक योगदानको चर्चा गरिएको कार्यक्रममा कृतिकार शशिराम कार्की र किरण आचार्यले मन्तव्य राखेको थिए ।

 

साहित्यकार चरित्रा शाह र भिम प्रज्वलले देवरात महाकाव्यका केही श्लोकहरू वाचन गरेर सुनाएको कार्यक्रममा महेन्द्र पुस्तकालयका अध्यक्ष वलराम यादवलको सभापतित्वमा भएको थियो ।

 कार्यक्रममा वरिष्ठ कथाकार प्राज्ञ सनत रेग्मी, प्राडा जनार्दन आचार्य, सुमित्रा न्यौपान, नवीन अभिलाषी, बि.पि. अस्तु, भिमवहादुर शाही, पङ्कज श्रेष्ठ , लक्ष्मी बस्याल, बालकृष्ण रेग्मी, बद्री ढकाल हिरामणि'लगायत चारदर्जन बढी साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि