हिमालय लघुवित्त वित्तीय संस्थाद्धारा पीडित मानमाया लामालाई बिमा दाबी रकम भुक्तानी

Feb 7, 2024 - 21:27
 0  3
हिमालय लघुवित्त वित्तीय संस्थाद्धारा पीडित मानमाया लामालाई बिमा दाबी रकम भुक्तानी

माघ २४,ललितपुर, काव्य घर । ललितपुरको गोदावरी नगरपालिका वाडा न.९ टीकाभैरवमा संचालित हिमालयन बैंक लिमिटेडकोे सहायक कम्पनी हिमालयन लघुबित्त बित्तीय संस्था लिमिटेडले बिमा दाबी रकम भुक्तानी गरेको छ ।
गोदावरी नगरपालिका टीकाभैरवमा रहेको हिमालयन लघुबित्त बित्तीय संस्थाको शाखा कार्यालयले कोन्ज्योसोम गाउपालिका वडा न २ सन्खु घर भएकी मानमाया लामालाई शाखा कार्यालय अन्तर्गत केन्द्र न.९६ को समूह न.१ बाट  १ लाख ५५ हजार रुपैयाँ बिमा रकम उपलब्ध गराएको छ । हिमालयन लघुबित्त संस्थाको सदस्यमा आवद्ध मानमाया लामाको श्रीमान काल  सिं.लामाको निधन भएपछि निज सदस्य मानमाया लामालाई कार्यलयले बिमा बापतको रकम उपलब्ध गराएको हो ।
सस्थाले लघु बिमा अन्तर्गत संस्थाले नियमानुसार कर्जाको तिर्न बाकी सावा ब्याज मिनाहा गरि कर्जा बिमा अन्तर्गत सदस्य मानमाया लामाको पतिको निधन पश्चात् दिईने क्रिया खर्च बापतको २५ हजार रुपैयाँ  र कर्जा रकम बापतको १ लाख ३० हजार रुपैयाँ  गरी  संस्थाले जम्मा १ लाख ५५ हजार रुपैयाँ बिमाबाट प्राप्त भएको,जसमध्ये तिर्न बाकी रहेको कर्जा रकम  ५७ हजार ६ सय बहत्तर रुपैयाँ ७३ पैसा सस्थाले कट्टा गरि  बाकी रहेको रकम ९७ हजार ३ सय २७ रुपैयाँ सत्ताईस पैसा लुम्बिनी बिकाश बैंक लिमिटेडको चेक मार्फत शाखाको  केन्द्र न। ९६ का सदस्यहरुको रोहवरमा शाखा प्रबन्धक उज्वल श्रेष्ठले सदस्य मानमाया लामालाई चेक हस्तान्तरण गरेका हुन् ।
त्यस्तै सस्थाले म्यादी जीवन बिमा कार्यक्रम संचालन गर्दा निकै खुशी भएको भन्दै आफू समस्यामा परेको बेला श्रीमान गुमाउनुको पिडा त छदै छ,यस्तो समस्याको अबस्थामा कर्जा मिनाहा गरि क्रिया खर्च र बिमा बापतको रकम उपलब्ध गराई आफ्नो पिडामा मलम पट्टि सस्थाले लगाएको सदस्य मानमाया लामाले बताईन ।
बिमााङ्क रकम हस्तान्तरण कार्यक्रममा शाखा प्रबन्धक  उज्वल श्रेष्ठ लगायत शाखाका सम्पुर्ण फिल्ड कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि