उपत्यकामा अव ताजा तरकारी -freshktm

Jun 25, 2023 - 19:25
 0  17
उपत्यकामा अव ताजा तरकारी -freshktm

असार१०, भक्तपुर, काव्य घर नेपाल ।

नेपाल कृषि प्रधान देश हो । तर दिनदिनै कृषि जन्य जमिन नास गरिदैछ । विशेष गरी उपत्यकामा उब्जनीका हिसावले अत्यन्तै उर्वर माटो भएपनि पछिल्लो समय जग्गा विक्रि वितरण र प्लटिङ्ग गर्नेहरुको कारण खेती गर्ने जमिन सकिदै गएको छ । नेपालमा प्रसस्तै सम्भावना हुदाँ हुदै पनि राज्यस्तरको नीतिनियम प्रभावकारी नभएका कारण हरेक दिन युवा श्रमवेच्न खाडी मुलुक जान बाध्य छन् । केही वर्ष देखि केही युवाहरु मिलेर कृषिमा लगानी गर्दैै स्वरोजगारको सम्भावना खोज्दै कार्य गर्दैै आएका पनि छन् । यसैको नमुनाको रुपमा फ्रेस के टियम freshktm पनि एक हो । भक्तपुर जिल्ला सूर्यविनाय नगरपालिकाको सिपाडोल – ८ मा साथीहरु मिलेर कम्पनी दर्ता उत्साहका साथ कार्य गरिरहेका छन् । 

विशेषः गरी तरकारी र फलपूmलहरु अघिल्लो दिन कृषकको खेतवारीबाट प्रत्यक्ष खरिद गरि स्टोर गर्ने र भोलिपल्ट बजारमा पू¥याउँने कार्य गरिरहेका छन् । हामी विचौलियालाई पस्न नदिई कृषकहरुबाट प्रत्क्षय  नगदै खरिद गरिरहेको फाउन्डर सदस्य शिव न्यौपानेले हामीलाई बताउँनु भयो । 
कालिमाटीको तरकारी बजारको मूल्य अनुसार विक्रिवितरण गरिरहेको र बल्खु र कालीमाटी तरकारी लिन जानुपर्ने अवस्थाको अन्त्य भइरहेको जानकारी गराउँदै समग्र उपत्यकामा दुई प्रतिशतको प्रभाव पारेको र साना व्यापारीहरु र कृषकहरु अत्यन्तै खुसी भएका छन् । कम्पनीकी अफिसियल म्यानेजर बालिका शर्माले ताजा तरकारीको मागसँगै अर्गानिक तरकारी र फलपूmलको माग बढेपनि पू¥याउँन नसकेको बताइन । विभिन्न ठाउँमा शाखा स्टोर संचालनकमा आएको कम्पनीले जिल्ला बाहिर पनि विस्तारको योजना राखेको छ । काठमाडौ. भक्तपुर, ललितपु्र,लगायत  काभ्रे, चित्तवन  र धादिङ्गबाट पनि तरकारी ल्याउँने गरेको न्यौपानेले बताए । साथै भारत, चाइना लगायत मुलुकबाट पनि आयात गरिरहेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि