पेट्रोलियम पदार्थको मूल्य वृद्धि

Feb 15, 2024 - 21:47
 0  10
पेट्रोलियम पदार्थको मूल्य वृद्धि

फागुन ३ काठमाडौ ,काव्य घर/ पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा २-२ रुपैयाँ वृद्धि गरेको हो। नयाँ मूल्यूची आज राति १२ बजेदेखि लागू हुने नेपाल आयल निगमले पठाएको प्रेस नोटमा उल्लेख गरिएको छ। भारतले मूल्य बढाएर नयाँ सूची पठाएपछि नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको हो। यससँगै काठमाडौंमा पेट्रोलको मूल्य १७२ र डिजेल र मट्टितेलको मूल्य १६० रुपैयाँ पुगेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि