प्रधानमन्त्रीको राजिनामा माग्नु संसदीय मान्यता विपरीत -नेता पाण्डे

‘हामीले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेका छौँ

Jul 6, 2023 - 18:20
 0  6
प्रधानमन्त्रीको राजिनामा  माग्नु संसदीय मान्यता विपरीत -नेता पाण्डे
असार २१, काठमाडौं काव्य घर नेपाल । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता राजेन्द्रप्रसाद पाण्डेले एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय मान्यता विपरीत भएको बताउनु भएको छ ।  सत्ता गठबन्धनको बैठक पछि पत्रकारहरूसँग कुरा गर्दै नेता पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिबारे कुरा राख्दै   एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय मान्यता विपरीत भएको बताउनु भएको हो । उहाँले गठबन्धनको बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको बताउनु भयो । , ‘हामीले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेका छौँ । प्रधानमन्त्रीले संसद् फेस गर्नुहुन्छ । उहाँहरू मिटर ब्याज पीडितको पक्षमा होइन। शोषण गर्नेको पक्षमा उभिनुभएको हिजोको तथ्यले प्रमाणित भयो । उहाँहरू जनतालाई जति लुटेपनि हुन्छ भन्ने पक्षमा उभिनुभयो । यस्तै गर्दै जाँदा प्रमुख प्रतिपक्षसहित विपक्षी दलको रोल पनि उचित हुँदैन ।’ उहाँले जनतालाई मिटर ब्याज सम्बन्धी विधेयकलाई अब चाँडै संसदबाट अघि बढाएर कार्यान्वयन गर्ने समेत बताउनु भयो ।  बैठकले कोशी प्रदेशका मुख्यमन्त्रीमा आज ५ बजेसम्म नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने गरी प्रस्ताव पेश गर्न सङ्घबाट निर्देशन दिइएको पनि बताउनु भयो ।  , ‘आज ५ बजेसम्म उद्धव थापालाई कोशी प्रदेशका मुख्यमन्त्री बनाउने गरी प्रस्ताव पेश गर्ने र मिटरब्याज विरुद्ध सम्बन्धको अध्यादेशमा रहेको समस्याका बारेमा गठबन्धन दलबीच छलफल गरी चाँडै संसदबाट पास गर्ने निर्देशन दिइएको छ।’ उहाँले भन्नुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि