भाडा नतिरेको भन्दै ढोकामा ताला लगाएर कुटपिट

May 17, 2023 - 12:37
 0  10

बैशाख 23 झापा काव्य घर


कमल गाउपालिका वडा नम्बर ३ झापामा घर भाडा नतिरेको निहुँमा मादक पदार्थ सेवन गरि बिजय लिम्बू र मेनुका लिम्बुले नाबालक आयुस्मा पौडेल र उस्तब पौडेल लाई कोठा बाहिरबाट ताला लगाइ निर्घात कुटपिट गरि उमा पौडेल तिम्सिनालाई पनि मरणासन्न हुनेगरी कुटपिट गरेकाछन ।

बिजय लिम्बू र मेनुका लिम्बुको कमल तीन सानो केर्खामा रहेको एक बिगाहा जमिन दस बर्षको लागि लिजमा लिएर तीन बर्ष चार बर्ष देखि उमा पौडेल तिम्सिनाले कंचनजंघा बंगुरफ्रम र होटल संचालन गर्दै आइरहनु भएको थियो ।कोरोना महामारीले ब्यापार ब्यावसाय ठप्प रहेको अवस्थामा दमक बस्दै आएका मेनुका लिम्बू र बिजय लिम्बुले दमकको घर बिक्री गरि हामी पनि मिलेर यहि बस्छौ दुई कोठामा भनेपछि उमा पौडेलले हामीलाई पनि बुढाबुढी बस्दा सहारा हुन्छ बसुन भनी दिएको एक महिना देखि मदिरा सेवन गरि होटलमा आएका ग्राहकहरु माथि नै अभद्र ब्यवहार गरिदिने कहिलेकाही उमाका छोरीहरु माथी गिद्दे नजर लगाउने गालिगलोज बारम्बार गरिरहे पछि सहन नसकी एक बर्ष यतादेखी लिजमा कबोल बमोजिमको भाडा रोक्का गरिदिएको र यश अघि नै बडा कार्यालयमा निवेदन दिई न्यायका लागि अनुरोध समेत गरि सकेको हो । वडा कार्यालयमा पटकपटक मिलापत्र गराएपनी बिजय लिम्बू र मेनुका लिम्बुले बारम्बार कुटपिट गर्न नछाडेको र कहिलेकाही एक्लै भएको बेला नाबालिका छोरी माथि समेत कुदृष्टी लगाइ घर/ डेराभित्र प्रवेश गर्ने गरेको पीडित उमा पौडेल र नाबालिका आयुसमा पौडेलले बताउनु भयो। बिजय लिम्बू पेन्सनवाला भुपु बृटिस आर्मी हुन ।

पौडेलले लिम्बुसग जग्गा दस बर्षलाई लिजमा लिएर प्रती महिना १५ हजार भाडा तिर्ने सर्त गरि २० लाख बराबरको भौतिक संरचना बनाएर बंगुर फ्रम तथा होटल संचालन गर्दै आइरहनु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow