सुडानमा रहेका अलपत्र नेपाली फर्किंदै,

May 17, 2023 - 12:37
 0  3

२० वैशाख, काठमाडौं । वैदेशिक रोजगारका सिलसिलामा सुडान पुगेका नेपाली अलपत्रमा परेपछि नेपाली नागरिकको सुरक्षित उद्धारको प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कायरो स्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका ३१ जना नेपालीमध्ये पोर्ट सुडान पुगेका १९ जनालाई साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट ३० अप्रिल २०२३ मा जेद्दा शहर पुर्‍याइएको जानकारी गराएको छ ।
नेपाल फर्कन प्रतिक्षारत १३ जनामध्ये ८ जना हिजो एयर अरेबियाको उडानबाट काठमाडौं आइपुगेको र बाँकी ५ जना आज बिहीबार अलजजिरा एअरवेजको उडानबाट नेपाल फिर्ता आउने परराष्ट्र मन्त्रालयले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow