महिलाहरुको संस्था  Inner Wheel Club of Rajdhani ले आफ्नो १५ औं जन्मदिवस मनाएको छ

Aug 5, 2023 - 16:47
 0  151
महिलाहरुको संस्था  Inner Wheel Club of Rajdhani ले आफ्नो १५ औं जन्मदिवस मनाएको छ

साउन २०, काठमाडौं, काव्य घर ।  विश्वमा रहेका महिलाहरुको संस्था  Inner Wheel Club of Rajdhani ले आफ्नो १५ औं जन्मदिवस मनाएको छ । संस्था International Inner Wheel ( IIW) सँग आवद्ध रहेकाे छ । प्रथम विश्वयुद्धमा घाइते भएकालाई सेवा गरेका नर्स मार्गरेट ओलिभर गाेल्डिङले याे Inner Wheel संस्थाकाे विजाराेपण सन् १९२३ मा गरेका थिए । त्याे बीउ हुर्केर बढेर अहिले १४० देशमा फैलिएर १,९०,००० भन्दा बढी महिला सदस्य परिचालित हुँदै मानवसेवाका विभिन्न सामाजिक कार्य गरिरहेका छन् । विश्वमा नै महिलाहरूकाे सबभन्दा ठूलाे संस्था IIW काे छाताभित्र रहेका ती १४० सदस्य राष्ट्रमध्येकाे एउटा राष्ट्र नेपाललाई District 350 नामले विश्वभरि चिन्ने गरिन्छ । त्यही District 350 नेपालकाे छाताभित्र रहेका नेपालभित्रका ४१ क्लबहरूमध्येको एउटा क्लब Inner Wheel Club of Rajdhani हो । District वा केन्द्रकाे अभिभावकत्व र सुपरिवेक्षणमा अगाडि बढ्ने क्रममा यस क्लबकाे सन् २०२३ र २०२४ को नयाँ समितिले आजको कार्यक्रम सम्पन्न गरेको हो । क्लबका President नीलशाेभा श्रेष्ठले यसकाे सभाध्यक्षता गर्दै क्लबकाे आफ्नै शैलीमा घण्टी बजाएर कार्यक्रमलाई औपचारिकता दिनुभएको थियाे ।

 कार्यक्रमकाे प्रमुख अतिथिको रूपमा IIW BoD कमल प्रभा खरेल, विशिष्ट अतिथिका रूपमा District Secretary कमला श्रेष्ठ, NR ( National Representative) कमला महर्जन सुवाल, PDC ( Past District Chairman) सर्सिज पालिखेकाे उपस्थिति र सम्बाेधनबाट कार्यक्रम अगाडि बढाइएकाे थियाे । नेपालमा औपचारिक रूपमा यो संस्था स्थापना गर्नका लागि अग्रणी भूमिका खेल्नुभएका स्व. जय उमा प्रधानलाई स्मरण गर्दै उहाँलाई सम्मान गरिएको थियो । आफ्नो क्लबका जेष्ठ सदस्य ताराकेशरी ढुङ्गाना र उहाँकाे जीवनसाथी भवानीप्रसाद ढुङ्गानालाई उहाँहरूकाे वैवाहित जीवनकाे ५० औं वार्षिकोत्सबकाे अवसरमा बधाई र सम्मान गरिएकाे थियाे । उक्त कार्यक्रमको कुशल सञ्चालन प्रा.डा.सावित्री कक्षपतिले गर्नु भएको थियो ।  कार्यक्रम न्हुज पार्टी पेलेस बागबजारमा सम्पन्न भएकाे थियाे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि