मुक्तकहरु - गोपालप्रसाद थपलिया

Jun 9, 2023 - 06:19
Jun 9, 2023 - 07:00
 0  16
मुक्तकहरु - गोपालप्रसाद थपलिया

  मुक्तकहरु 

जनता झुकाउन षडयन्त्र गर्नु नै मूल शक्ति हो देशको ?
कमिशनखोरहरूका कामहरू नै मूल शक्ति हो देशको?!
बिचौलिया दलाल भ्रष्टहरू नै विकाशका मेरूदण्ड भए?!
अनि नेताहरूको मोजमस्ती,यो नै मूल शक्ति हो देशको?

 नेताले भगवानलाई पनि घुस्याहा बनाई सके
 जता पनि कमिशनका कुरा नेता नै गनाई सके
जनताको लागि काम गर्ने जवाना सकियो भन्ने
प्रशिक्षण,आउने चुनाव जित्ने रकम कमाई सके 

 नेताको भक्तिमा अपार शक्ति हुन्छ
 नेताको अर्तीमा झुक्याउने शक्ति हुन्छ
 छट्टु जति नेताको भक्ति गर,इमान्दार
 जनताको सेवा गर,साँचो शक्ति हुन्छ

कुनै नेताको माल कुनै नेताको कमाल
कुनै नेताको चाल  कुनै नेताको बबाल
जुनसुकै नेता हुन तर जनताको भयो
बेहाल,उत्तर छैन जनको नेताको सवाल

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि