बेलबारी प्रज्ञा प्रतिष्ठानको चित्रकला प्रदर्शनी कार्यक्रम सप्पन्न

Jun 9, 2023 - 06:43
Jun 9, 2023 - 06:47
 0  32
बेलबारी प्रज्ञा प्रतिष्ठानको चित्रकला प्रदर्शनी कार्यक्रम सप्पन्न
बेलबारी प्रज्ञा प्रतिष्ठानको चित्रकला प्रदर्शनी कार्यक्रम सप्पन्न

मोरङ  जेष्ठ २६, काव्य घर नेपाल । बेलबारी प्रज्ञा प्रतिष्ठान बेलबारीको आयोजनामा खुल्ला चित्रकला प्रदर्शनी कार्यक्रम बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा भएको प्रदर्शनीमा बेलबारी भित्र रहेका १८ वटा निजी तथा सामुदायीक विद्यालयका विद्यार्थिहरुले चित्रकला प्रस्तुत सहित सप्पन्न भएको छ ।

बेलबारी नगर प्रमुख दिल प्रसाद राई प्रमुख अतिथि रहेको कार्यक्रममा ललितकला प्रतिष्ठानका पाज्ञ गंगा सुवेदी, बरिष्ठ साहित्यकार इरन राई, बेलबारी नगर शिक्षा साखा प्रमुख भुपेन्द्र कोइराला, प्याप्सन नगर अध्यक्ष भगवति घिमिरे लगायतका बिशिस्टहरुको उपस्थिति रहेको थियो ।

प्रदर्शनीमा १ सय बढि चित्रहरु राखिएका थिए । बेलबारी भित्र रहेका बिभिन्न धर्म, संस्कृती, जातजाती, बनसँग सम्बन्धित चित्रहरुको साथै विभिन्न ब्याक्तित्वहरुको कोरिएको चित्रहरु प्रदर्शनीमा आएका थिए

विद्यालय देखि बाहिरका दश चित्रकारहरुको पनि चित्रहरु प्रदर्शनीमा राखिएको थियो । प्रतिष्ठानको अध्यक्ष रेखा सुवेदीको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन सचिव कुल प्रसाद बरालले गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि