राष्ट्रपतिको युरोप भ्रमण स्थगित गर्न नागरिक समाजको आग्रह 

Nov 5, 2023 - 16:02
 0  17
राष्ट्रपतिको युरोप भ्रमण स्थगित गर्न नागरिक समाजको आग्रह 


                                                                          

१९ कात्तिक १९, काठमाडौं, काव्य घर । नागरिक  समाज नेपालले एक बिज्ञप्ति जारी गर्दै भूकम्पका कारण देश तहस-नहस भएको बर्तमान परिप्रेक्ष्यमा राष्ट्रपति द्वारा गरिन लागेको युरोप भ्रमण स्थगित गर्न माग गरेका छन् । 

बिज्ञप्तिमा जनाइए अनुसार कार्तिक १७ गते शुक्रवार राति जाजरकोट तथा पश्चिम रुकुम केन्द्र बिन्दु भएर गएको भूकम्पमा परि एकसय पचास भन्दा बढिको ज्यान गइसकेको तथा जनधनको क्षतिले मुलुक यतिबेला शोकमा परिरहेको अवस्थामा देशैभरका सम्पूर्ण नागरिक स्तब्ध, दुःखी र मुलुक राष्ट्रिय शोकमा रहेको अवस्थामा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको यूरोप भ्रमण स्थगित हुनुपर्ने कुरा उल्लेख गर्दै कर्णाली प्रदेशका दुर्गम भेग जाजरकोट लगायत पश्चिम रुकुमका जनताहरु खुला आकाश मुनि खाली पेट रात बिताई रहेछन्  भने,अर्को तर्फ हजारौं परिवार आँशुमा डुबेका दारुण अवस्थामा सरकार आफैंले स्वविवेक प्रयोग गरि राष्ट्रपतिको भ्रमण स्थगित गर्नु पर्ने अवस्थामा अटेर गरि भ्रमण गरिएमा तत् तत् देशमा रहेका नागरिक अगुवाई गर्ने संघ संस्था तथा सर्वसाधारणलाई भ्रमणको अवज्ञा गरी कार्यक्रममा उपस्थित नहुनका निमित्त अनुरोध गरिएकोा जनाएको छ । 

जारी गरिएको बिज्ञप्तिमा नागरिक समाज नेपालका वारिष्ठ अधिवक्त ध्रुवलाल श्रेष्ठ, डा.द्वारिकानाथ ढुङ्गेल,अधिवक्ता एस. के. तिमिल्सिना, मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख डा.राजेश अहिराज, अधिवक्ता स्वागत नेपाल, अधिवक्ता युवराज कोइराला, धार्मिक अभियन्ता सुवास ढकाल,सामाजिक अभियन्ता रीता खनाल, राजनीतिकर्मी एवं सामाजिक अभियन्ता महेश्वर श्रेष्ठ, धार्मिक एवं सामाजिक अभियन्ता इन्जीनियर घमादेवी भट्टराई खनाल, 
अधिवक्ता रामबहादुर नेपाली राउत, अधिवक्ता हरिप्रसाद कट्टेल, अधिवक्ता ओमप्रसाद रेग्मी, राजनीतिज्ञ, लेखक एवं सामाजिक अभियन्ता अमर के.सी.,पत्रकार एवं बीमा अभियन्ता जयराम बिडारी,इन्जिनियर सुरेश बज्राचार्य, अधिवक्ता प्रा.डा. ज्ञान बस्नेत,सामाजिक अभियन्ता डा. उपमा कार्की,डा. विष्णुहरि तिमिल्सिना,डा. मदन कोइराला अधिवक्ता एम आर. उपाध्याय,अधिवक्ता शान्ति ढुंगाना, इन्जिनियर रामभक्त वादे,अधिवक्ता भुवन अधिकारी, अधिवक्ता सजना कोइराला, जलस्रोत विज्ञ जगत भुषाल, समतामूलक समाज निर्माण महाअभियानका अध्यक्ष विजयप्रकाश निषाद,विजयप्रकाश निषाद, समतामूलक समाज निर्माण महाअभियानका महासचिव अभिषेक तिवारी, भागवत नरसिंह प्रधान,रञ्जु दुलाल, दिनेश चापागाँई,निरञ्जन पौड्याल, उद्वव ढुङ्गाना,द्वारिका शर्मा लगायत ३३ जनाले हस्ताक्षर गरि ब्यापक बिरोधका लागि आह्वान समेत गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि