गीतकार दिलीप योञ्जन तामाङको शब्दमा 'सोनाम लोछार' गीत सार्वजनिक

सन्सारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत 'सोनाम लोछार डम्फु र टुङ्ग्ना' बोलको गीत सार्वजनिक गरिएको हो ।

Jan 23, 2024 - 14:20
 0  3
गीतकार दिलीप योञ्जन तामाङको शब्दमा 'सोनाम लोछार' गीत सार्वजनिक

माघ ९ काठमाडौ ,काव्य घर / गीतकार दिलीप योञ्जन तामाङको शब्दमा 'सोनाम लोछार' गीत गायक सुभ तामाङ र गायिका सुमिना लो लामाको स्वरमा नयाँ गीत 'सोनाम लोछार' सार्वजनिक भएको छ ।

आस्था मिडिया युट्युब च्यानलमार्फत् सन्सारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत 'सोनाम लोछार डम्फु र टुङ्ग्ना' बोलको गीत सार्वजनिक गरिएको हो । सोनाम ल्होछारको वा तमाङहरूको नयाँ वर्षको अवसरमा सो गीत सार्वजनिक गरिएको हो । तामाङ जातिको महान् पर्व सोनाम ल्होछारले आपसी सद्भाव र मेलमिलापका लागि अगाडि बढाएको गीतकार योञ्जनको भनाइ छ ।

उक्त गीतमा डिवी लामाले संगीत भरेका छन् भने संगीत संयोजन जोगलाल लामाको रहेको छ । 'डम्फु र टुङ्गना बजाउँदै' सोनाम ल्होछार मनाउनको लागि गीतमा आग्रह गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि