साहित्यकार कमला घिमिरे अधिकारीको ‘रश्मि’ मुक्तकसंग्रह लोकार्पण 

Jun 2, 2023 - 13:11
Jun 3, 2023 - 09:51
 0  27
साहित्यकार कमला घिमिरे अधिकारीको ‘रश्मि’ मुक्तकसंग्रह लोकार्पण 

काठमाडौं,जेष्ठ, १९ काव्य घर नेपाल  / साहित्यकार कमला घिमिरे अधिकारीको ‘रश्मि’ मुक्तक संग्रह लोकार्पण  सम्पन्न भएको छ । सामाजिक अभियन्ता तथा प्रा.स्व रश्मि खनालको दोस्रो स्मृतिको दिवसको अवसरमा सो कृतिको लोकार्पण गरिएको हो। उक्त कृति स्व रश्मि खनालमा समर्पित गरिएको थियो । 
पूर्व गृहराज्यमन्त्री दिपकप्रकाश बास्कोटाको प्रमुख आतिथ्य रहेकोे  कार्यक्रममा पूर्व सहायक मन्त्री एवं विश्व हिन्दू महासंघका अध्यक्ष रामचन्द अधिकारी, प्रा.डा जीवनहरि अधिकारी, साहित्यकार रेणुका भट्टराई, साहित्यकार सुनिल अधिकारी, दूरद्रष्टा श्रीकान्त अधिकारी लगायतले कृतिको संयुक्त रूपमा लोकार्पण गरेका थिए।

लेखक पिता अम्बिकाप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरूले स्व. रश्मि खनालले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानबारे बोलेको थिए।

https://youtu.be/uNN8XyM2EoQ

हातेमालो साहित्य संगमका अध्यक्ष सुनिल अधिकारीले मुक्तककार घिमिरेको मुक्तकले पाठकको मन मस्तिकष्कलाई तरंगित बनाउन सफल भएको बताए।
आयोजक संस्थाकी सदस्य चन्द्रकला खनालको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा ध्यान योगका बारेमा समेत चर्चा गरिएको थियो । 

कोभिडको कारण ज्यान गुमाएकी रश्मि खनाल विभिन्न संघसंस्थामा आबद्ध भएर सामाजिक सेवा गर्दै आएकी थिइन्। उक्त कृति स्व. खनालका श्रीमान् तथा आयोजक कृष्णप्रसाद खनालले प्रकाशनमा ल्याएका हुन्।

प्रकाशक खनालले स्वर्गीय पत्नीको सम्झनामा कृतिको प्रकाशन गरेको बताए। 

, ‘कोभिडको बेला हामी घरमै बन्दी बन्यौं। त्यतिबेला मैले सामाजिक संजालमा मुक्तककार घिमिरेको सिर्जनाहरू पढ्न अवसर पाएँ। मेरी श्रीमती रश्मि खनालले पनि खुब मन पराउँदी रहेछिन्। पछि खोजी गर्दै जाँदा लेखक आफन्त भएको  थाह भयो । मैले लेखकसित अनुमति लिएर रश्मिको सम्झनामा कृति प्रकाशन गरेको हुँ।’
लेखक कमला घिमिरेले रश्मि दिदी प्रतिको सम्मान स्वरुप आपूmले यो कृति तयार पारेको प्रकाश पार्दै साहित्यिक क्षेत्रमा आउँन प्रेरित गर्नु हुने सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिदै कृतिका केही रचना बाचन गर्नु भएको थियो हनी बी स्कूलका प्राचार्य समेत रहनु भएका लेखकलाई उपस्थित अतिथिहरुले शुभकामना तथा बधाई दिनु भएको थियो ।
अत्यन्तै पारिवारिक वातावरणमा साहित्यिक कार्यक्रमसंगै स्व रश्मि खनालको दोस्रो स्मृति श्रद्धान्जली सभा पनि थियो । 

रामरञ्जन अधिकारी सञ्चालन गरेको कार्यक्रममा कृतिको आवरण चित्र तयार गरेकोमा बाल चित्रकार आरुषी अधिकारीलाई सम्मान गरिएको थियो। कार्यक्रमका चन्द्रमणि अधिकारी, कल्पना अधिकारीले लगायतले स्व. रश्मिको सम्झनामा कविता पाठ गरेको थिए। हनी बी स्कूलका संस्थापक अध्यक्ष रामप्रसाद अधिकारी, दुरद्रष्टा प्रष्ठिान अध्यक्ष गायत्री अधिकारी , लगायत अन्य दर्जनौ संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । 

https://youtu.be/QiTpABoHaKU

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि