हाइकु - दिव्य गिरी
झरेको पात
यत्र तत्र सर्वत्र
चैतको हावा ।।
वर पिपल
चैतमासको धूप
तातो सुस्केरा ।।
बुढो पर्वत
वेसीतिर वगेको
तरुनी खोला ।।
चराको वेग
छाल आउँछ जान्छ
एक्लो किनार ।।
जून रोएछ
पातपातमा आँसु
शीतको थोपा ।।
What's Your Reaction?