अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन नेपाली टोली उडीसा प्रस्थान
२०८० कार्तिक २१, तनहूँ,काव्य घर । त्याईसौ पिपुल थिएटर फेस्टिवलमा सहभागी हुन नेपाली टोली भारतको उडिसा प्रस्थान गरेको छ।
पुरु लम्सालको लेखन तथा निर्देशनमा रहेको नाटक अभिनन्द मञ्चन गर्न नेपाली टोली उडिसा प्रस्तान गरेको हो। कलाकारहरू जितेन्द्र सिंह ठकुरी, सविना गोपाली, आकाश अधिकारी,सागर कार्की, रबिन तामाङ,उषा के सी र कवि सरस्वती तिम्सिना नेपालको प्रतिनिधित्व गर्दै नाटक मञ्चनका लागि भारतको उडिसा प्रस्थान गरेका हुन्।
गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च, आदि इत्यादि र ओजश थियटरको समन्वय र मोहन बतास फाउन्डेसनको सहयोगमा महिला अधिकार सम्बन्धी नाटक अविनन्द नाटक मञ्चन गरिने नेपाली टोलीका संयोजक पुरु लम्सालले जानकारी दिए।
त्याईसौ पिपुल थिएटर फेस्टिवल कार्तिक ९ गतेदेखि २८ गते सम्म थिएटर भिलेज, उडिसा भारतमा संचालन हुनेछ।
What's Your Reaction?