नवौं नारदमुनी गोल्डकप भोलि हुने
असोज २६ ,उदयपुर,काव्य घर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा हुदै आएको नारदमुनी स्मृति गोल्डकप फुटबल प्रतियोगिता यो बर्ष पनि संचालन हुने भएको छ । मंगलबार बसाहा क्लव बसाहाले पत्रकार सम्मेलन मार्फत प्रतियोगिता आयोजना बारे जानकारी दिएको हो । क्लवले दिएको जानकारी अनुसार बसाहा क्लव स्थापन देखी निरन्तररुपमा गर्दै आएको प्रतियोगिताको यस बर्ष भने नवौ संस्करणको गोल्ड कप प्रतियोगिता हुने छ । प्रतियोगिता चौदण्डीगढी नगरपालिकाको संयोजनमा हुने आयोजकले बताइएको छ ।
२००७ सालका क्रान्तियोद्धा तथा पूर्वमन्त्री स्वर्गीय नारदमुनी थुलुङ राईको स्मृतिमा स्थानीय बसाहा क्लवले गोल्डकप प्रतियोगिताको आयोजना गर्दै आएका छ।
प्रतियोगितामा ८ टिम सहभागी हुने बसाहा क्लवले जनाएको छ । प्रतियोगितमा आयोजक बसाहा क्लव सहित गोर्खा ब्वाईज क्लव झापा, एभरेष्ट क्लव सुनसरी, न्यू त्रियुगा स्पोर्ट्स क्लव सप्तरी, चारतारे क्लवा मोरंग, एविनियर क्लव काठमाडौं, बागमती क्लव सर्लाही र कटारी फुटबल क्लव उदयपुरले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिता असोज २७ गते बाट कार्तिक ४ गते सम्म संचालन हुने छ प्रतियोगिताको विजेताले ४ लाख १ हजार नगद सहित ट्रफि, गोल्ड मेडल र प्रमाणपत्र पाउनेछ। त्यस्तै उपविजेताले २ लाख १ हजारका साथमा गोल्ड मेडल र प्रमाणपत्र पाउने बसाहा क्लवका अध्यक्ष गौतम राईले बताए।
-माधव पोखरेल
What's Your Reaction?