कविता - ठिमाहा -दिल पौडेल

Jan 2, 2024 - 15:11
 0  18
कविता - ठिमाहा -दिल पौडेल


सत्ता र भत्ताका लागि
उरालधुराल पारी, गुड्डी हाँक्नेहरु
दिउँसै झलझली देखाउँछन् तारा
धुन्धुकारी दुराचारीहरुको जमाना छ अचेल
त्यसैले ओझेल परेको छ । 
समानता, स्वतन्त्रता र भातृत्वको नारा
दही खाँदै ठेकी लात्ताले हानिरहेछन् सबै
 पाषाणहृदयी सत्ताधारी 
ठिमाहा विचार बोकेका छन् 
उदार लोकतन्त्रका लुटेरा

जब विश्वविद्यालयका प्राध्यापकहरु
राँगाको नाभीस्थलमा तेल मालिस गर्छन्

तव थोरबहुत
 देशभक्त र राष्ट्रवादीहरु बर्खास्ती र कारवाहीमा पर्छन्
राष्ट र संस्कृतिको जगेर्ना गर्छ 
उनीहरु पनि सुनपानी छर्केर
विदेशीका इसारामा मार्चपास गर्छन्
भजन मण्डली तोरी लाहुरेहरुका 
वेसाहा विचार छ नेपालमा
भनसुन र मनसु्न अनुसार चल्ने 
ढोँगी आडम्बरीले खाए चारा
ओझेल परेको छ समृद्धि, न्याय र सुशासनको नाच

योजनाहरु हाँकाहाँकी कमिसनमा चल्छ 
सत्तामा तानाशाह, कृपावाद परजीविको चित्तल छ ।
शक्ति, भक्ति, अनुरुप वर्ग उत्थान 
भागवन्डा, मिलिभगत अकुत आर्जन
बुझ्नै गाह्रो छ पूmट, विग्रह विवाद ?
चिन्नै गाह्रो छ को सांसदको हत्यारा ?
ओझेल परेका छन् धुन्धुकारीहरुको  । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि