राजधानीमा ‘लासमाथिको मानवता’ नाट्यकृति सङ्ग्रहमाथि अन्तरकृया सम्पन्न

मेरो देशको भूगोल कविता सङ्ग्रह,लाहुरे स्रष्टा र कविता जीवनी र समालोचना लगायत थुप्रै कृति लेखिसकेका नाटककार डा.पुरण राईकृत नाटक सङ्ग्रह ‘लासमाथिको मानवता’ पुस्तकको परिचर्चा कार्यक्रम सम्पन्न गरिएको छ ।

Apr 10, 2024 - 23:09
 0  15
राजधानीमा ‘लासमाथिको मानवता’ नाट्यकृति सङ्ग्रहमाथि अन्तरकृया सम्पन्न

जयराम बिडारी चैत्र २८, काठमाण्डू  काव्य घर/मेरो देशको भूगोल कविता सङ्ग्रह,लाहुरे स्रष्टा र कविता जीवनी र समालोचना लगायत थुप्रै कृति लेखिसकेका नाटककार डा.पुरण राईकृत नाटक सङ्ग्रह ‘लासमाथिको मानवता’ पुस्तकको परिचर्चा कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल स्रष्टा समाजको आयोजनामा अनामनगर स्थित निम्तो रेष्टुरेन्टमा सो कार्यक्रम सम्पन्न गरिएको थियो ।

उक्त कार्यक्रम समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को सभापतित्व, वरिष्ठ नाटककार अशेष मल्लको प्रमुख आतिथ्य, राससका महाप्रवन्धक सिद्धराज राई,नाट्यकर्मी केदार श्रेष्ठ,अर्का नाट्यकर्मी सुलक्षण भारतीको आतिथ्यमा थुप्रै साहित्यानुरागीहरुको समुपस्थितिमा सो कार्यक्रम सुसम्पन्न गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको मन्तव्यका क्रममा बोल्दै वरिष्ठ नाटककार मलल्ले नाटक केवल नाटकनै हुने यसलाई एकाङ्की र पूर्णाङ्कीमा बिभक्त गर्न नहुने बताउँदै शेक्सपियर देखि डेक सम्मको इतिहास हेर्ने हो भने ५० वर्ष लागेको देखिन्छ । दक्षिण एसियामा नेपालको नाट्य संस्कृति उत्कृष्टतातर्फ अघि बढिरहेकोमा संतोष व्यक्त गर्दै राज्यको योगदानबिना पनि नाट्यकर्मीको पहलमै विश्वमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामाा विकशित हुनु नाट्यक्षेत्रको ठूलो विशेषता रहेको बताएका छन् ।

यसैगरि नाट्य विधाकी समालोचक डा. कान्छी महर्जनले कृतिमाथि समालोचकीय टिप्पणी गर्दै यस संग्रहभित्र समेटिएका चार नाटकहरुका विषयमा मातृत्वप् प्रेमलाई पैसाम साट्ने कुत्सित प्रयासलाई नाटककारले भावनात्मक रुपमा उजागर गरेको बताउंदै,छोरा र स्वार्थको विषयमा गहिरो विवेचना गरिन् ।प्रस्तुत नाटक सामाजिक यथार्थवादी धारमा लेखिएको उल्लेख गर्दै उनले नाट्यकृतिको साहित्यिक र रंगमञ्चीय दृष्टिकोणबाट विश्लेषण गरिन् । उक्त कार्यक्रममा नाट्यकर्मी केदार श्रेष्ठले नेपाली साहित्यमा कथा उपन्यास लगायत अमूर्त चित्रकलाको समेत नाटक मञ्चन गरिने अवस्थामा नाटक विकासको क्रममा आधुनिक र उत्तरआधुनिक विकाश क्रममा रङ्गकर्मीहरुलाई नाटक लेखन बाध्यात्मक अवस्था रहेको बताएका छन् अर्का नाट्यकर्मी सुलक्षण भारतीले नाटकमा छोटा छोटा दृष्यका कारण मञ्चनका लागि कठिन भएपनि असम्भव नरहेको बताउँदै आफूले सिनेमाको क्षेत्रमा समेत कार्य गर्ने भएकोले यसका लागि अझै बढि उपर्युक्त रहेको भन्दै प्रस्तुत नाटकमा माटोको सुगन्ध रहेकोले सामाजिक यथार्थवादी रहेको टिप्पणी गरे ।

 कार्यक्रममा स्वागत मन्तव्यका क्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष तथा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले नाटककारका रुपमा डा. पुरण राई नेपाली नाट्य क्षेत्रको एक सम्भावनायुक्त स्रष्टाका रुपमा उदाएको भन्दै आगामी दिनमा उनको योगदान अझै सशक्त रुपमा देखिने भन्दै कृति सफलताको कामना गरे । यसैक्रममा लासमाथिको मानवता नाटककाा लेखक डा. पुरण राईले आफू नाट्य क्षेत्रमा बामे सर्दै गरेको एक शिशु रहेको उल्लेख गर्दै आजको नाटक परिचर्चा कार्यक्रममा प्राप्त सल्लाह सुझाव र प्रतिक्रियाले आफ्नो लेखनकर्मका लागि यथेष्ट उर्जा थपेको उल्लेख गर्दै नाटक परिचर्चा कार्यक्रमका आयोजकहरु प्रति आभार प्रकट गरे ।

नेपाल स्रष्टा समाजका सचिव देविका तिमल्सिनाद्वारा सहज रुपमा सञ्चालन गरिएको उक्त कार्यक्रममा करिव ३ दर्जन जति साहित्यकार हरुको उपस्थिति रहेको उक्त कार्यक्रममा समाजका सदस्य मधु पाठकले धन्यवाद ज्ञापन सहिब सभाको विसर्जन गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि