खनाल सेवा समितिले गर्याे शुभकामना आदान प्रदान र भित्ते पात्राे लाेकार्पण

खनाल सेवा समिति जिल्ला समिति झापाले नव वर्ष २०८१ काे शुभकामना आदान प्रदान गर्नुका साथै  भित्ते पात्राेकाे लाेकार्पण समेत गरेकाे छ । उक्त कार्यक्रममा खनाल सेवा समिति जिल्ला शाखाका पदाधिकारीहरु,स्थानिय तह गाउँ,नगरका पदाधिकारीहरुका उपस्थिति रहेकाे थियाे ।

Apr 21, 2024 - 08:50
 0  11
खनाल सेवा समितिले गर्याे शुभकामना आदान प्रदान र भित्ते पात्राे लाेकार्पण

बैशाख ९ झापा ,काव्य घर/खनाल सेवा समितिले गर्याे शुभकामना आदान प्रदान र भित्ते पात्राे लाेकार्पण खनाल सेवा समिति जिल्ला समिति झापाले नव वर्ष २०८१ काे शुभकामना आदान प्रदान गर्नुका साथै  भित्ते पात्राेकाे लाेकार्पण समेत गरेकाे छ ।

उक्त कार्यक्रममा खनाल सेवा समिति जिल्ला शाखाका पदाधिकारीहरु,स्थानिय तह गाउँ,नगरका पदाधिकारीहरुका उपस्थिति रहेकाे थियाे । खनाल सेवा समिति झापाका बरिष्ठ उपाध्यक्ष प्रमिला खनाल, खनाल सेवा समिति दमकका अध्यक्ष लीलानाथ खनाल, खनाल सेवा समिति झापा शाखाका पूर्व अध्यक्ष हेमप्रसाद खनाल ,खनाल सेवा समिति माेरङ्गका सचिव  सन्ताेष खनाल, सदस्यहरु प्रकाश खनाल, नेत्र प्रसाद खनालले शुभकामना मन्तव्य राखेका थिए ।

खनाल सेवा समिति झापा शाखाका सचिव ओमप्रसाद खनाल काे संयाेजकत्वमा पाँच सदस्य भित्ते पात्राे निर्माण समितिले आफ्नाे कार्य पूरा गरि पात्राे लाेकार्पण गरिएकाे हाे । उक्त समितिमा प्रमिला खनाल मेचीनगर,लीलानाथ खनाल अर्जुनधारा,गाेबिन्द खनाल बुद्धशान्ती र बिष्णुप्रसाद खनाल कमल रहेका थिए । खनाल सेवा समिति  काेशी प्रदेशका अध्यक्ष लेखनाथ खनालकाे प्रमुख आतिथ्यतामा भएकाे उक्त कार्यक्रमकाे अध्यक्षता खनाल सेवा समिति झापाका अध्यक्ष तेजप्रसाद खनालले गरेका थिए भने कार्यक्रमकाे सञ्चालन झापा शाखाका सचिव ओमप्रसाद खनालले गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि