मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा

Jan 25, 2024 - 20:56
 0  7
मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा

माघ ११, काठमाडौं,काव्य घर । मोटरसाइकल चोरीमा संलग्न एकजनालाई विहिबार काठमाडौँको धुम्बाराहीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाहीको बरहथवा नगरपालिका १ का ३३ वर्षीय दुर्गा लामालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । बागमती प्रदेश ०२–०२९ प ९७ ९२ नम्बरको मोटरसाइकल काठमाडौंको चण्डौल स्थित कृष्णमन्दिर नजिकबाट हराएको भनि यही माघ ९ गते काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा  निवेदन प्राप्तो भएको थियो । 
वास्तविक नम्बर परिवर्तन गरि वैकल्पिक नम्बर प्लेट तयार गरिरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता ‍ईकाइबाट खटिएको टोलीले मोटरसाइकल, हेण्डल लक तोड्ने टि, चावीको ढिक्का, चावी  र वैकल्पिक नम्बर प्लेट सहित फेला पारी चोरीमा संलग्न लामालाई धुम्बाराहीबाट आज नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा आएका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि