पत्रकार भगिश्वर लिम्बुको कविता संग्रह थोःक्ला विमोचन

तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमा पत्रकार भगिश्वर लिम्बुको लिम्बुभाषाको कविता संग्रह विमोचन गरिएको छ । शहरी विकास मन्त्री सीता गुरुङले लिम्बुको संग्रह विमोचन गर्नु भएको छ । कविता संग्रह विमोचन गर्दै मन्त्री गुरुङले सबैखाले साहित्य

Jan 24, 2024 - 08:54
 0  4
पत्रकार भगिश्वर लिम्बुको कविता संग्रह थोःक्ला विमोचन

माघ १० तेह्रथुम,काव्य घर /तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमा पत्रकार भगिश्वर लिम्बुको लिम्बुभाषाको कविता संग्रह विमोचन गरिएको छ । शहरी विकास मन्त्री सीता गुरुङले लिम्बुको संग्रह विमोचन गर्नु भएको छ ।

 

कविता संग्रह विमोचन गर्दै मन्त्री गुरुङले सबैखाले साहित्य सर्जकहरुलाई एउटै थलोमा उभ्याउनका लागी स्थानीय सरकारले समेत सहयोग गर्नु पर्ने धारणा राख्नु भएको छ । गद्य र पद्य दुवै शैलिमा तयारी गरिएका ३५ वटा कविताहरु समावेश गरिएका छन । कविताहरुद्धारा लिम्बु समुदायमा रहेका मौलिकता र विगतका वास्तविकताको भाव उदृत गरिएको प्रकाशक तेयुङ लिम्बु यसङ वंशावली संघ नेपालका सचिव बलि तेयुङले जानकारी दिनु भयो ।

 

यो कविता संग्रहले पछिल्लो पिडीका कवि वा कवितामा रुचि राख्ने साहित्यप्रेमीहरुलाई कविता मोह बढाउन सकोस भन्ने अपेक्षा राख्ने विश्वासको कवि भगिश्वरले बताउनु भयो । पछिल्लो समय लिम्बु समुदायमा भाषा,लिपी,कला,साहित्य र संस्कृती प्रती मोह घट्दै गई रहेको बेला कवि भगिश्वरद्धारा कृति प्रकाशन गर्नु महत्वपुर्ण रहेको मुन्धुमविद तथा लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबोहाङले बताउनु भयो । लिम्बु भाषा र लिपीमा पहिलो पटक प्रकाशन भएको थोःक्ला नेपाली भाषामा ढोयो भन्ने अर्थ लाग्छ । समाजमा चेली माईती बिच आर्थीक उपार्जनको अपेक्षाले चेलीले माईतीलाई दिने उपहारलाई लिम्बु भाषमा थोःक्ला भन्छिन ।

 विगत दुई दशकदेखी पत्रकारितमा कृयासिल हुँदै आउनु भएका भगिश्वर लिम्बु रेडियो मेन्छ्यायेमका स्टेसन मेनेजर,समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य ,पत्रकार महासंघ तेह्रथुमका पुर्व उपाध्यक्ष हुन । कृति देवनागरिक र श्रीजंगा लिपीमा प्रकाशन गरिएको छ । सानै उमेरदेखी साहित्यमा रुची राख्दै आउनु भएका कवि लिम्बुले फुटकर कविता हाँस्य व्याङग विधाहरु पस्तुत गर्दै आउनु भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि