लिम्बुवानको चेतावनी सहितको विज्ञप्ती

Jan 25, 2024 - 19:53
 0  40
लिम्बुवानको चेतावनी सहितको विज्ञप्ती



माघ ११, काव्य घर । लिम्बु जाती र सांस्कृति धरोहरका रुपमा रहेको मुन्धुम नाम मुकुम्लुङमा, सेमुक्तु मुक्तुकोक्मा /फोमालाई जवरजस्त पाथीभरा नामाकरण गरिएकोमा लिम्बुवान मुक्ति मोर्चा लगायतले नेपालको केन्द्रीय समितिले प्रेस विज्ञप्ती मार्फत विरोध गरेको छ । साथै पाथीभरा मन्दिर परिसरमा केवलकार निर्माण गर्ने कार्य रोकियोस् र व्यवसायकिकता पाथीभारा देवीको नाम भएकाले तुरुन्त हाइयोस् भनि  प्रेस विज्ञप्ती मार्फत माग गरेका छन् ।

हरेक पटकको राजनैतिक परिवर्तनमा हामीलाई प्रयोग गरेर सत्तामा पुग्ने पराम्पारको अन्त्य हुनुपर्ने र हामीलाई आफ्नै पहिचानको रुपमा रहन दिनका लागि अनुरोध समेत गरिएको छ । प्रेस विज्ञप्तीमा भनिएको छ ।

अझैं पनि यस्तै गतिमा राज्य र राजनेता गएमा तमोर नदिमा पानी हैन रगत बगाउँन लिम्बुवासीहरु तयार भएको लिम्बुवान मुक्तिमोर्चा नेपाल अध्यक्ष, लिम्बुवान राष्ट्रिय मोचा अध्यक्ष, लिम्बुवान क्रान्तिकारी पार्टी अध्यक्ष र संघीय लिम्बुवान पार्टीका उपाध्यक्ष सहितको संयुक्त हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि