फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानद्धारा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

Sep 16, 2023 - 15:03
Sep 17, 2023 - 04:49
 0  22
फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानद्धारा  स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

भाद्र ३०,भक्तपुर,काव्य घर । फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानको आयोजनामा साहित्यिक विमर्श एवं स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ  । प्रमुख अतिथि निर्वमान कुलपति गंगाप्रसाद उप्रेतीले विभिन्न विधाका ८ जना स्रष्टालाई सम्मानपत्र सहित सम्मान गर्नु भएको हो । उक्त कार्यक्रममा सम्मानित व्यक्तित्वहरु फेडोल,उत्कृष्ट सिर्जना सम्मान २०७६ – मातृका पोखरेल, २०७७ –जय छाङछा ,२०७८– नवराज रिजाल, २०७९– आख्यान विधा – रत्न प्रजापति, २०७९ काव्य विधा – गणेश घिमिरे ‘मार्मिक’, फेडोल कला साधना सम्मान २०७९– गणेश जी.सी , फेडोल प्रोत्साहन सम्मान २०७८– नमोद राउत, फेडोल प्रोत्साहन सम्मान २०७९– सपना के.सी हुनुहुन्थो । कार्यक्रमका बारेमा आयोजका संस्थाका अध्यक्षले प्रकाश पार्दे  । प्रतिष्ठानका अध्यक्ष राममणि ढुङ्गेलको सभापत्वि सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य  लालबहादुर भुलेले गर्नु भएको थियो । पानसमा दीप प्रज्वलन सहित प्रमुख अतिथिबाट उद्घाटित उक्त कार्यक्रमको बारेमा आयोजक संस्थाका अध्यक्ष राममणि ढुङ्गेलले आमा बुवाको नामबाट यो संस्था स्थापना गरेको र २०६८ सालमा स्थापना भई विविध कार्यक्रम गर्दै आएको जानकारी गराउँदै । अध्यक्षले प्राप्त गरेको विभिन्न पुरस्कार, किताव विक्रि र रोयल्टीबाट प्राप्त रकमको अक्षय कोष स्थापना गरि त्यसबाट प्राप्त ब्याजको रकमबाट कार्यक्रम गदै आएको पनि बताउँनु भयो । राष्ट्रिय गान र संस्थालाई सहयोग गर्ने पारिवारिक सदस्य देवकी ढुङ्गानाको सम्झनामा १ मिनेट मौन धारण समेत गरिएको थियो । सम्माननित व्यक्तित्वका बारेमा साहित्यकार रामप्रसाद पन्तले बोल्नु भएको थियो । सम्मानित व्यक्तित्व मध्येबाट मातृका पोखरेले मन्तव्य राख्नु भएको सो कार्यक्रमको अर्को चरणका रुपमा साहित्यकार आयोजक संस्थाका अध्यक्ष ढुङ्गेलको दुई कृति मुक्तकसंग्रह ‘चेतनाको चित्कार’ फणिन्द्र निरौला र हाइकु संग्रह ‘शान्तिको गीत’ देवी नेपालले कृतिका बारेमा बोल्नु भएको थियो । अतिथिहरुमा गोपाल अश्क, प्रेमनाथ अधिकारी उपस्थित रहेको कार्यक्रमलाई कुशल सञ्चालन देवु लुइटेलले गर्नु भएको थियो । करिव सय जना भन्दा धेरै स्रष्टाहरुको उपस्थिति रहेको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि