नेपाल- भारतको कला काठमाडौंमा प्रदर्शनी हुदै

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र जरा फाउन्डेसनको निमन्त्रणामा आज सिक्किम, दार्जीलिङ, कालेबुङका कला सर्जकहरु काठमाडौं हुदैछ

Apr 4, 2024 - 03:04
 0  43
नेपाल- भारतको कला काठमाडौंमा प्रदर्शनी हुदै

चैत २२ काठमाडौं ,काव्री घर /नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र जरा फाउन्डेसनको निमन्त्रणामा आज सिक्किम, दार्जीलिङ, कालेबुङका कला सर्जकहरु काठमाडौं आइपुग्नु भएको छ। आजै उहाँहरुलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा हार्दिक स्वागत गरियो ।

प्रतिष्ठानका कुलपति माननीय नारदमणि हार्तम्छाली, सदस्य-सचिव देवेन्द्र थुम्केली, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष एवं जरा फाउन्डेसनका प्रतिनिधि नरेन्द्रबहादुर श्रेष्ठसहितले अतिथिहरुको स्वागत गर्नु भएको थियो । भारतबाट आउनु भएका दुई दर्जन कलाकारहरुको नेतृत्व कवि एवं कलाकार दीपा राईले गर्नु भएको छ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीसहित भारतबाट पाल्नु भएका कलाकारहरु दीपा राई, पासाङ शेर्पा, कमल खालिङ, धिरज प्रधान, सागर सुब्बा, विमला प्रधान, वि. के. सुब्बा, कृष्ण राई, छेन्डुप लेप्चा, विकाश सुब्बा, टीका प्रधान, रिचर्ड जी लेप्चा, टेसेटेन शेर्पा हुनुहुन्छ ।

आजको स्वागत कार्यक्रममा कुलपति नारदमणि हार्तम्छाली, सदस्य-सचिव देवेन्द्र थुम्केली, कलाकार नरेन्द्रबहादुर श्रेष्ठ, कलाकार दीपा राई र सापस अध्यक्ष राधेश्याम लेकालीले आआफ्नो मन्तव्य राख्नु भएको थियो । भोलिदेखि तीन दिनसम्म दुई देशको कला चित्रहरु प्रदर्शनी हुने र कलाबारे छलफल र विमर्श हुनेछ । कार्यक्रममा कवि दीपा राईको कविता कृति "अन्तिम जाम"को लोकार्पण पनि हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि