सन्दीप क्षेत्रीको ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द

Jul 20, 2023 - 14:58
 0  8
सन्दीप क्षेत्रीको ‘ह्वाट द फ्लप’ कार्यक्रम  बन्द

साउन ४,काठमाडौं, काव्य घर । सन्दीप क्षेत्रीको ‘ह्वाट द फ्लप’ कार्यक्रम कान्तिपुर टिभीले बन्द गरेको छ । कान्तिपुर टिभी एचडीले प्रसारण गर्दै आइरहेको कार्यक्रम ‘ह्वाट द फ्लप’को प्रसारण रोकिएको छ। टेलिभिजनले बिहीबार सूचना जारी गर्दै महिलाकोस्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण पूर्णरुपमा रोकिएको जनाएको छ । अभिनेता समेत रहेका होस्ट क्षेत्रीले सञ्चालन गर्दै आएको यो कार्यक्रम पटक–पटक विवादमा पर्दै आएको थियो ।


असार २३ गते शनिबार प्रसारित उक्त कार्यक्रमको एपिसोडमा अभिनेता पल शाहसँग होस्ट सन्दीप क्षेत्रीले अन्तर्वार्ता लिएका थिए । उक्त अन्तर्वार्तामा महिलालाई मजाकको विषय बनाइएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो । आलोचनापछि कान्तिपुर टिभीले उक्त एपिसोडलाई युटुवबाट हटाएको थियो ।

बिहीबार जारी सूचनामा कान्तिपुर टेलिभिजनले ‘ह्वाट द फ्लप’को ठाउँमा चाँडै नै उत्कृष्ट कार्यक्रम ल्याउने जनाएको छ । अभिनेता समेत रहेका होस्ट क्षेत्रीले सञ्चालन गर्दै आएको यो कार्यक्रम पटक–पटक विवादमा पर्दै आएको थियो । यसअघि मधेशी समुदायलाई मजाक गरेको भन्दै व्यापक विरोध समेत भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि